न्याम्सको सहसचिवमा कोइराला आए, पाण्डे घर गए


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सहसचिवमा मदन कोइराला आएका छन् । न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेत र शिक्षाध्यक्ष डा. लोचन कार्कीले सहसचिव कोइरालालाई बुधबार एक समारोहकाबीच स्वागत गरेका छन् । उनी प्युठानको प्रमुख जिल्ला अधिकारीबाट न्याम्समा सरुवा भएर आएका हुन् ।

न्याम्सका सहसचिव रामप्रसाद पाण्डेले स्वच्छिक अवकाश लिएपछि उनको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोइरालालाई पठाएको हो । कोइराला बागमती प्रदेशको संस्कृति तथा पर्यटन सचिव समेत भइसकेका छन् । उनी लामोसमय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बसेर काम गरेका हुन् । न्याम्समा सुशासन कायम गर्न सहसचिव कोइरालाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ