वीरका निर्देशक पौडेल हटाउनुको कारण माग


काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधिस हरिप्रसाद फुयालको एकल इजलासले यस्तो माग गरेको हो ।

वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए । स्वास्थ्यमन्त्री मोहन बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए । मन्त्रीको उत्त निर्णय प्रति वीरका पादाधिकारी देखि मन्त्रालयका सचिवहरु समेत खुसी थिएनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ