वीरको फार्मेसी सुधार अभियान, बिमाका ११३३ औषधि अनिवार्य


काठमाडौं ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आफ्नो फार्मेसीको सुधारमा व्यापकता ल्याउने भएको छ । सेवाग्राहीबाट चर्को आलोचना खेप्दै आएको प्रशासन फार्मेसी सुधारमा जुटेको छ । 

किर्थे फार्मेसी हटाएर अस्पताल फार्मेसीको सेवा अब्बल बनाएको भएपनि निशुल्क पाइने औषधि समेत नपाएको गुनासो जनस्तरबाट व्यापक उठेको थियो । वीरको नेतृत्वमा डा भुपेन्द्र बस्नेत, डा लोचन कार्की, डा ज्ञानेन्द्र शाह आएपछि विस्तारै वीरले आशा जगाउन थालेको छ । 

वीर अस्पतालले ११३३ प्रकारका बिमाका औषधि आफ्नो फार्मेसीमा अनिवार्य गरेको छ । फार्मेसीमा देखिएको समस्या र औषधि कम्पनीसँगको साँठगाँठव निस्तेज बनाउन एक उच्चस्तरीय छानविन समिति समेत गठन भएको छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ