सांसद काफ्ले सवारी गाडी दुर्घटनामा


काठमाडौं । कांग्रेस नेता एवं बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले सवार गाडी दुर्घटनामा परेको छ । सोमबार बिहान ललितपुरको लामाटार जाने क्रममा ईमाडोलमा उनी सवार गाडी मालबाहक गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । सांसद काफ्लेलगायत सबै सकुशल रहेको उनले जानकारी दिएका छन् ।

‘हाम्रो गाडी र निसान गाडी ठोकीयर दुर्घटना भयो। यसमा सवार म लगायत अरू साथिहरू सुरक्षित छाैँ ।’, सांसद काफ्लेले भने । बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेता समेत रहिसकेका काफ्लेले स्करपियो गाडी प्रयोग गर्दै आएका छन् । प्रमुख सचेतकबाट भने उनले राजीनामा दिइसकेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ