नेशनल बायो मेडिकल सप्लायर्स कतै कालो सुचिमा छैन : बस्नेत


काठमाडौं । मेडिकल व्यवसायी नवराज बस्नेतले नेशाल बायो मेडिकल सप्लायर्स कतै कालो सुचिमा नपरेको भन्दै स्वास्थ्य लाइभमा प्रकाशित समाचार प्रती दुख व्यक्त गरेका छन् ।

स्वास्थ्य लाइभ मिडियामा २०८०/०८/२२ मा “कालो सूचीमा रहेको सप्लायर्सको स्वास्थ्यमा आतंक“ शिर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रती बस्नेतले चित्त दुखाउँदै खण्डन गरेका छन् । तर, विश्व बैंकले अहिले पनि बस्नेत र नेशनल बायो मेडिकल लिमिटेडलाइ निरन्तर कालो सुचिमा राखेको पत्रमा स्पस्ट छ ।

विश्व बैंकले अहिले पनि उनी र उनको कम्पनीलाई निरन्तर कालो सुचीमा समावेश गरेको छ । यता बस्नेतले पनि घुमाउरो पारामा विश्व बैंकसंग केही खरिद विषयमा २०१६ देखि नै विवाद रहेको र उक्त बैंकको लगानीमा आफुले कुनै पनि काम नगरेको स्पष्ट पारेका छन् ।

बस्नेतले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले समाचार आएको भन्दै प्रेस काउन्ससिलमा उजुर दिएका थिए । बस्नेतले भनेका छन्, नेशनल बायो मेडिकल सप्लायर्स कहीं कतै कालो सुचिमा नपरी निर्वाध रुपमा स्वास्थ्य सामग्रीको व्यवासय गर्दै आएको छ ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com