कांग्रेस महामन्त्रीद्वय टेरामक्समा मुछिएका मुख्यसचिव डा. अर्याललाई किन भेट्दैछन् गोप्य ?


काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले टेरामक्स उपकरण खरिदमा भ्रष्टाचार गरेको निष्कर्ष निकालेपछि मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल तिल्मिल्याएका छन् । उनले शुक्रबार साँझ कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगको गोप्य भेट तय गर्नुले यो कुराको पुष्टि हुन्छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत समेत मुछिएको टेरामक्स प्रकरणमा सञ्चार सचिव समेत रहिसकेका डा. अर्याको मुख्य भूमिका रहेको देखिन्छ । संसदको सार्वजनिक लेखा समितिले टेरामक्स भएको बदमासी उजागर गरेपछि उनी रक्षात्मक बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणको छानबिन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएपछि मुख्यसचिव डा. अर्याल दौडधुपमा लागेका हुन् ।

विश्वस्त स्रोतका अनुसार मुख्यसचिव डा. अर्यालले टेरामक्स विषयलाई लिएर मुख्यसचिव डा. अर्यालले महामन्त्रीद्वय लाई गोप्य रुपमा भेट गर्न लागेका हुन् । उनीहरूबीच भेट्ने निश्चित भएपनि कहाँ भेट्ने भन्ने कुरा भने गोप्य राखिएको छ ।

सुशासनको पक्षमा चर्को भाषण गर्ने पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापा र सांसद शर्माले टेरामक्स अनियमिततामा काण्डमा मुछिएका मुख्यसचिव डा. अर्यालसँग गोप्य भेटवार्ता तय गर्नुले उनीहरूको नियतमाथि पनि प्रश्न उठेको छ । अख्तियारको निगरानीमा रहेका उनलाई सुशासनको पहरेदार ठान्ने कांग्रेस महामन्त्रीद्वय गोप्य भेट गर्न खोज्नुले उनीहरूको भूमिकामाथि प्रश्न उठेको हो । टेरामक्स काण्डमा मुछिएका मुख्यसचिव डा. अर्यालसँगको गोप्य भेटपछि कांग्रेस महामन्त्रीद्वय आगामी दिनमा कसरी प्रस्तुत हुन्छन् हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #गगन थापा, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल, #विश्वप्रकाश शर्मा, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com