स्वास्थ्य लाइभमा प्रकाशीत समाचार प्रति आईटी इन्जिनियरको गुनासो


काठमाडौं । गत पुस २५ गते स्वास्थ्य लाइभ मिडियामा प्रकाशीत समाचारलाई लिएर अवैध स्मार्ट लाइसेन्स धन्दामा नाम जोडेको भन्दै ३ आईटी उपसचिव र ५ इन्जिनियरले समाचारको खण्डन गरेका छन् । स्वास्थ्यलाइभ मिडियाले २५ पुसमा “१ लाख अवैध स्मार्ट लाइसेन्स धन्दामा मुछिए ३ आईटी उपसचिव र ५ इन्जिनियर शीर्षकमा समाचार प्रकाशीत गरेको थियो ।

उक्त समाचारमा श्रीचन्द्र शाह, पवित्र डंगोल, राजकुमार महर्जन, केशबराज गौतम, सुरज प्रकाश अर्याल, कोपिला श्रेष्ठ चैव र भानुभक्त जोशीको नाम समावेश गरिएको थियो । नाम र फोटो आएको भन्दै उनिहरुले समाचारको खण्डन गरेका छन् ।

प्रेस काउन्सिलले स्वास्थ्य लाइभलाई खण्डन प्रकाशीत गर्न परिपत्र गरेकोछ । काउन्सिलले भनेको छ, श्रीचन्द्र शाह, पवित्र डंगोल, राजकुमार महर्जन, केशबराज गौतम, सुरज प्रकाश अर्याल, कोपिला श्रेष्ठ चैव र भानुभक्त जोशीबाट २ माघमा खण्डनसहितको संयुक्त उजुरी दर्ता भएको छ । जसमा ’बिना सहमति फोटोसहित लेखिएको समाचार मिथ्या, गलत, कपोलकल्पित, तथ्यरहित र भ्रामक रहेको उक्त समाचारले हामीलाई आरोपित बनाउने भाष्य निर्माण गरी चरित्रहत्या गर्ने समेत प्रयोजनार्थ समाचार प्रकाशित भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।”

छानविन प्रतिवेदनका आधारमा समाचार बनाइएको हो । प्रतिवेदनमा उल्लेख गरेका नामहरुलाई समाचारमा स्थान दिएको हो । कुनै पनि कर्मचारी र व्यक्तिलाई बदनाम गराउँने स्वास्थ्य लाइभको उदेश्य हैन र हुदैन पनि । प्रतिवेदनमा श्रीचन्द्र साह बयानका लागि उपस्थित नभएको उल्लेख गरिएको छ । तर, साहले भने आफू सरकारी कामको सिलसिलामा धुलिखेल जाँदै गरेकोमा आफु जान नसकेको बताएका छन् ।

यस्तो छ, खण्डन

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com