स्वास्थ्यमन्त्री हटाउन कांग्रेसभित्र तीव्र लबिइङ, देउवापुत्रको बिबाहले राहत


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई हटाउन कांग्रेसभित्र तीव्र लबिइङ सुरु भएको छ । उनलाई मन्त्रीबाट जसरी पनि हटाउनु पर्छ भनेर एउटा खेमा ज्यान दिएर लागेको पाइएको हो ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा स्वास्थ्यमन्त्री बस्नेतलाई हटाउनु पर्छ भन्ने पक्षमा छन् । उनीहरु राष्ट्रियसभा निर्वाचन लगत्तै कांग्रेसका मन्त्रीहरु फेर्नु पर्ने पक्षमा उभिएका हुन् । तर पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठक पछाडि मन्त्री फेर्नु पर्ने पक्षमा रहेका छन् ।महामन्त्रीद्वयको खेमाले जसरी भएपनि मन्त्री फेर्न देवाब दिएपछि देउवाले छोराको बिबाहसम्म कुर्न भनेका छन् । देउवापुत्र जयवीरको बिबाह माघ २१ गते हुँदैछ । उक्त बिबाहले फेरिने मन्त्रीहरुलाई केही राहत भएको छ ।

कांग्रेसका एक महामन्त्री कांग्रेसका कोही मन्त्री फेरिन्छ भने त्यो स्वास्थ्यमन्त्री मोहन बस्नेत हो भन्दै हिँड्न थालेका छन् । यसले स्वास्थ्यमन्त्रीको जागिर धरापमा परेको देखिन्छ ।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको ठाउँमा प्रकाशमान सिंहको सम्भावना बढेर गएको छ । सिंह उपप्रधानमन्त्री तथा गृहमन्त्री वा रक्षामन्त्री हुने प्रवल सम्भावना छ । रमेश लेखक वा प्रकाशमानमध्ये एक जना गृहमन्त्री हुने चर्चा चलेको हो । त्यसो त अर्थमन्त्रीमा महामन्त्री गगनकुमार थापाको नाम पनि उत्तिकै चर्चामा छ । जे होस् कांग्रेसभित्रको खेलोमेलो हेर्दा स्वास्थ्यमन्त्री बस्नेतको जागिर चैट हुने निश्चित जस्तै देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ