महाशाखा प्रमुख फेर्ने कसरतमा अस्ताउँदा स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्री फेर्ने सूचीमा परेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत महाशाखा प्रमुख फेर्ने कसरतमा लागेका छन् । आफै फेरिने अवस्थामा पुगेका स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयका महत्त्वपूर्ण महाशाखा प्रमुख फेर्न लागेका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले पुराना र अनुभवी महाशाखा प्रमुख हटाएर कच्चा र आसेपासेलाई जिम्मेवारी दिने तयारी थालेका छन् । मन्त्रालय स्रोतका अनुसार उनले मन्त्रालय र विभागका महाशाखा प्रमुख फेर्न लागेका हुन् । अस्ताउँदा स्वास्थ्यमन्त्री बस्नेत मन्त्रालयको नीति याेजना महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा र विभागको उपचारात्मक महाशाखा प्रमुख परिवर्तन गर्ने कसरतमा लागेका छन् । उनी आफैं जान लागेका बेला स्वास्थ्यमा नयाँ टिम प्रवेश गराउने तयारी थालेका हुन् ।

अहिलेका अनुभवी टिम हटाएर स्वास्थ्य मन्त्रालयमा नयाँ ल्याउँदा कसरी स्वास्थ्य सुधार हुन्छ भन्ने प्रश्न समेत उठेको छ । टेरामक्स काण्डले पद धरापमा पर्ने सम्भावना भएका स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य क्षेत्र भताभुङ्ग पारेर हिँड्न लागेका छन् । उनले वीर अस्पतालबाट महाशाखा प्रमुखहरू ल्याउन खोजेको चर्चा छ । यसले स्वास्थ्यमन्त्री बस्नेत जाने बेलामा पुरै असफल हुने छाँटकाँट देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com