साहसिक डा. संगीता, ५ महिनादेखि  विभागको पुनर्निर्माण गर्दैमा व्यस्त छन्


काठमाडौं ।  गत भदौ १३ गते स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्ति पाएकी डा. संगीता कौशल मिश्राले स्वास्थ्य क्षेत्र सुधारको पुनर्निर्माणलाई तीव्रता दिएकी छन् । बेथिति नै बेथितिले गिजोलेको स्वास्थ्य सेवा विभाग र मातहतका निकायलाई थितिमा ल्याउन उनले गुपचुप संघर्ष गरिरहेकी छन् ।

विभाग र मातहतका निकायको थिति बिगारेर तर मार्न पल्केकालाई डा सङ्गीताले बार लगाइ दिएको विभागका कर्मचारीहरू बताउँछन् । उनी बेथिति रोक्न प्रयासरत हुँदा मेडिकल देखि एनजीओ / आईएनजीओ माफियाहरूको गलत छायाँ विभागमा पर्न छाडेको छ । 

अधिकारीहरूले महानिर्देशक सङ्गीताको कार्यशैली र निर्णय क्षमतालाई लिएर यतिबेला मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् । कर्मचारीले संगीताको काम गर्ने अपार क्षमता भएको औँल्याएका छन् । विभागका एक अधिकारीले भने, ‘उहाँमा कुशल नेतृत्व र कार्यकारी क्षमता अब्बल देखियो । जहाँ कार्यकारी क्षमता देखाउनु पर्ने हो, उहाँले त्यहाँ सही रुपमा देखाउनु भएको छ ।’,

स्वास्थ्य सेवा विभागका उप सचिव भवनाथ खतिवडा पनि विगतको तुलनामा धेरै काम भएको स्वीकार गर्छन् । खतिवडा , ‘विभागमा विगतभन्दा तीब्र गतिमा काम भइरहेको छ । महानिर्देशक अहिले प्रशासन सुधारमा जुट्नु भएको छ ।’,

पछिल्लो समय विभागका आधा दर्जन शाखा प्रमुखको सरुवाले डा. संगीतालाई कर्मचारी संयन्त्रमा निकै माथि पुर्याएको छ । वर्षौ देखि एउटै जिम्मेवारीमा रहेका शाखा प्रमुखको सरुवा विभाग र मन्त्रालयमा चर्चाको विषय बनेको छ । दश वर्षमा अघिल्ला महानिर्देशकले गर्न नसकेका काम मिश्राले ५ महिनामा पार लगाएकी छन् । यसले पनि कर्मचारी तन्त्रमा संगीतालाई अपार क्षमता र अब्बल कर्मचारीको ट्याग लागेको छ । 

५ महिनामा उनले गरेका केही आशा लाग्दा काम  

  •  वर्षौ देखि एउटै शाखामा रहेर काम गर्दै आएका शाखा प्रमुखको सरुवा
  • काम नगरी गफको भरमा तलब सुविधा लिने दर्जनबढी कर्मचारीको घर फिर्ती ।
  • काममा कुनै वायस नहुने ।
  • अरुको कुरा सुन्ने तर निर्णय आफै लिने ।
  •   एनजीओ / आइएनजिओको व्यवस्थापन ।
  • सरकारी कार्यक्रम पहिलो प्राथमिकता एनजीओको कार्यक्रम सरकारी प्राथमिकतामा मात्रै ।
  • हरेक तीन महिनामा महाशाखा, शाखाको प्रगति समीक्षा अनिवार्य ।
  • मन्त्रालय मातहत रहेका चार केन्द्रको विभागीय प्रमुख महानिर्देशक हुने व्यवस्था लागू ।
  • विभागको अनावश्यक भिड व्यवस्थापन ।

सरकारी कार्यक्रम छाडेर दातृ निकायको पछि लाग्ने काम पनि महानिर्देशक संगीतले रोकेकी छन् । यस्ता कार्यक्रमले दातृ निकायको काम देखिने तर, सरकारी कामको लक्ष्य प्रगति नदेखिने अवस्था थियो ।  

महानिर्देशक संगीताले एनजीओ, आइएनजिओलाई सरकारको आवश्यकता अनुसार मात्रै काम गर्न निर्देशन दिएकी छन् । पछिल्लो समय उनले स्वास्थ्य क्षेत्रमा मात्र नभएर देशको मूल्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्र समेत चर्चा सुरु भएको छ । प्रधानमन्त्री कार्यालयका एक सचिव भन्छन्, ‘स्वास्थ्यले अहिले राम्रो कर्मचारी पाएको छ । डा. मिश्राको काम गर्ने क्षमता र उनको बोल्ने शैलीमा परिपक्वता छ । कर्मचारी तन्त्रमा डा मिश्रा एक अब्बल कर्मचारी हामीले ठानेका छौं ।’, उनमा समग्र ब्युरोक्रेसी सञ्चालन गर्ने क्षमता हामीले देखेकाे ति सचिवको भनाइ छ । 

आफूभित्र लुकेर रहेको अपार क्षमतालाई संगीताले विभागमा देखाउन थालेकी छन् । ‘महानिर्देशकमा कुनै पनि काम हेरौंला भन्ने छैन । हुने कामलाई तत्काल गर्ने नहुने काम भए हुदैन भनेरै पठाउने मिश्राको बानी रहेको छ ।’, विभाग कै कर्मचारीहरू भन्छन् ।  संगीताको जस्तै मन्त्रालयमा पनि काम गरे स्वास्थ्य क्षेत्रको सुधार धेरै पर नरहेको अधिकारीहरू बताउँछन् । 

कसैप्रति संगीताको झुकाव छैन । नियम कानुनले जे भन्छ त्यही मात्रै गर्दै आएकी छन् । उनको यही कामले माफियाहरू पानी बिनाको माछा जस्तै छट्पटाउन थालेका छन् । वर्षौंदेखि एकै ठाउँमा बसेका शाखा प्रमुखहरूको जोखिम मोलेर सरुवा गरेकी छन् । २२ वर्षदेखि एकै ठाउँ बसेका कर्मचारीको सरुवा गर्नु सामान्य विषय थिएन । 

कामको प्रगति हेर्न हरेक तीन महिनामा समीक्षा गर्न थालिएको छ । यसरी तीन-तीन महिनामा विभागमा कहिल्यै समीक्षा भएको थिएन । संगीता महानिर्देशक भएयता दुईपटक समीक्षा भएको उपसचिव भवनाथ खतिवडा सुनाउँछन् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##mohp nepal, ##Sangeeta, ##taku

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com