कांग्रेस नेता बुढाथोकीकाे निधन


विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको उपचारकाेक्रममा निधन भएको छ । पुर्व मन्त्री समेत रहेका बुढाथोकी केही समय देखि विराट मेडिकल कलेजमा उपचाररत थिए ।

झापा क्षेत्र नं.५ बाट राजनीति यात्रा सुरु गरेका उनले चार दशक बढि समय बेथित गरेका छन् । उनले २०२४ सालमा विद्यार्थी आन्दोलन मार्फत राजनिती शुरु गरेका हुन् ।

विद्यार्थी आन्दोलनका क्रममा आफ्ना दाइ, मामाहरू निर्वासनमा गएपछि त्यसबाट प्रेरित भई प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउने ८० वर्षीय बुढाथोकीले यस क्रममा नौ महिना जेल जीवन बिताएका छन्।

पञ्चायतमा लागेर युवक सङ्गठनको झापा जिल्ला सभापति हुँदै राष्ट्रिय पञ्चायतमा समेत विजयी बुढाथोकीलाई बहुदलको वकालत गरेको कारण राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरेका थिए।

भारत, दार्जीलिङबाट अङ्ग्रेजीमा स्नातक केशवकुमार बुढाथोकीका दुई छोरा र दुई छोरी छन्। राजनीतिबाहेक अर्को पेशा नभएका उहँको अध्ययन र समाजसेवामा विशेष रुची थियाे।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ