जनयुद्ध दिवसमा बिदा नहुने


काठमाडौं । फागुन १ गते जनयुद्ध दिवसको दिने सार्वजनिक बिदा नहुने भएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा कायम नरहेको जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुन १ गतेको सार्वजनिक बिदा कायम नरहेको हो ।

‘सम्मानित सर्वोच्च अदालत फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र ( खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७८/१२/०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको  व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ ।’, प्रवक्ता भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ