सही नेतृत्वले नेपालमै उदाहरणीय बनाएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला

एचआइभी, हेपाटाइटिस बी , हेपाटाइटिस सी, डेङ्गी, कोभिड र गर्भवती जाँच गर्ने द्रुत परिक्षण किटको नेपालमै परिक्षण भइरहेको छ


काठमाडौं ।  तीन दशक अघि स्थापना भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र केही वर्ष अगाडि स्थापना भएर ताते गर्दै अगाडि बढेको मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता र काम गराई धेरै फरक छ । स्रोत साधनको सिमितताका बावजुत पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नेपालमा उदाहरणीय काम गरिरहेको छ । एक सही व्यक्तिको हातमा नेतृत्व पुग्दा के सम्भव हुदैन भन्ने सन्देश यतिबेला प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिएको छ । हामी यस्ता केही उदाहरणीय कामको चर्चा गर्न चाहान्छौं । 

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व सह सचिव डा श्रवण कुमार मिश्रले गरेका छन् । दुई वर्ष अगाडि राजधानीबाट लखेटिएका मिश्रले संघीय प्रयोगशालालाई लाज लाग्नेगरी काम गरेर देखाएका छन् । नेपालका कुनै पनि प्रयोगशालामा सम्भव नभएका परिक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गरिरहेको छ । 

डा श्रवण कुमार मिश्रका अनुसार बायोग्यासले उत्पादन गरेको न्युकासल डिजिज भाइरसको भ्याक्सिन परिक्षण पहिलो पटक नेपालको मधेश प्रदेशमा रहेको जनस्वास्थ्य प्रयोगशालाले गरेको थियो । सोही प्रयोगशालाको नतिजाका आधारमा औषधि व्यवस्था विभागले प्रयोगका लागि मान्यता समेत दिएको थियो । उक्त प्रयोगशालामा अहिले एचआइभी, हेपाटाइटिस बी भाइरस, हेपाटाइटिस सी भाइरस, डेङ्गी, कोभिड र गर्भवती जाँच गर्नका लागि तयार पारिएको द्रुत परिक्षण किटमा काम भइरहेको डा मिश्र बताउछन् । 

स्वदेशमै शिखर बायोटेक र नोभाला बायोटेक कम्पनीले उत्पादन गरेको टेस्ट किट प्रयोग गर्न योग्य भए नभएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जाँच भइरहेको छ । टेस्ट किटको परिक्षण ताते गर्दै गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला बाहेक अन्यत्र हुदैन । शिखर बायोटेक र नोभाला बायोटेकले एचआइभी, हेपाटाइटिस बी भाइरस, हेपाटाइटिस सी भाइरस, डेङ्गी, कोभिड र गर्भवती जाँचका लागि द्रुत परिक्षण किट बनाएको छ ।  

अमेरिकाबाट अध्ययन गरेर स्वदेश फर्केकी सुनिता गौतम लगायतको टिमले शिखर बायोटेक र नोभाला बायोटेक बाट टेस्ट किट उत्पादन सुरु गरेका थिए । किट उत्पादन गरेपनि परिक्षण गर्न कसैले सहयोग नगरेपछि निरास भएर उनीहरूले फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटस देखेपछि डा श्रवण आफैले फोन सम्पर्कगरी आफ्नो ल्यावमा गुणस्तर जाँच गर्ने बताए अनुसार अहिले काम भइरहेको छ । यदि गुणस्तरीय किट उत्पादन भए नेपालमा पहिलो पटक तयार भएको किटबाटै एचआइभी, हेपाटाइटिस बी भाइरस, हेपाटाइटिस सी भाइरस, डेङ्गी, कोभिड र गर्भवती जाँच हुने छन् ।  नेपालमा अहिले सम्म टेस्ट किट विदेशबाट मगाउने गरिन्छ । 

डा श्रवणले सम्हालेको मधेश प्रदेशले नै पहिलो पटक इन्फ्लुएन्जा भाइरसको होल जिनोम सिक्वेन्स गरिएको छ । त्यस्तै क्षयरोगको पिसिआर पनि नेपालमा पहिलो पटक प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको छ । ससाना नमुनाहरू कमिसनका नाममा भारत पठाउदै गर्दा नेपालमा ठूला ठूला परीक्षणहरू भइरहेका छन् जुन आम नागरिकले थाहा पाउन जरुरी छ । क्षयरोगको जिनोम सिक्वेन्स सरकारी प्रयोगशालामा पहिलो पटक भएको छ । यसले माइक्रोस्कोपमा नेगेटिभ आएको खकारको नमुनामा ७ प्रतिशत पोजेटिभ निकालेर नेपालमा सबै भन्दा बढी क्षयरोगका केस पत्ता लगाउने अवसर पाएको छ । 

मधेश प्रदेशमा १ सय ३६ पालिका रहेका छन् । उक्त पालिका मध्ये १३४ पालिकामा प्रयोगशाला सञ्चालनमा आएका छन् । धनुषाको कमला नगरपालिकामा राजनीति खिचातानी र पर्साको पोखरिया नगरपालिकामा घर ढिला बनेका कारण सञ्चालनमा आउन सकेको छैन । १३० वटा पालिकामा सञ्चालित जनस्वास्थ्य प्रयोगशालाले नियमित सेवा दिएको छ । ६ वटा पालिकाको नतिजामा भने आफू फेल भएको डा मिश्र बताउँछन् । 

डा श्रवण कुमार मिश्र मधेश प्रदेशमा सरुवा भएपछि उनले अत्याधुनिक प्रयोगशालाको स्थापना गरे । त्यति मात्र हैन मिश्रले स्थानीय तहको समन्वयमा सबै पालिकामा प्रयोगशाला सञ्चालनमा ल्याएका हुन् । एक वर्षमा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ३० हजार ५ सय ६ जनाको नमुना संकलन गरेको छ । उनिहरुबाट ५२ लाख ४० हजार बढी राजश्व संकलन गरेको छ । पालिकामा जनस्वास्थ्य प्रयोगशालाको सेवा तीब्र रुपमा बढेको छ । घरमै बसेर जस्तो सुकै परिक्षण गराउँन सक्ने भएपछि सेवा ग्राही दंग परेका छन् । 

राजधानी जतिको सुविधा सम्पन्न भएको सहरमा सञ्चालित प्रयोगशालाले धेरै जसो नमुना परीक्षणका लागि भारत पठाउने गरेका छन् । तर, मधेश प्रदेशमा सबै परिक्षण आफ्नै प्रयोगशालामा हुने गरेको छ । कुनै पनि भ्याक्सिन परिक्षण (खोप) भित्र एन्टिजेनको मात्रा लाइभ छ वा मृत्यु भनेर जाँच गर्ने काम उक्त प्रयोगशाला बाहेक अन्त कही छैन । 

वार्षिक ल्याबबाट भएको राजश्व संकलन

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##Dr Sharawan Mishra, ##HPHL, ##Province Lab

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com