७ सय स्वास्थ्यका कर्मचारीको “अगेनाेमा” स्वास्थ्यमन्त्री बस्नेतकाे तिलाञ्जलि, दरबन्दीकै कर्मचारीलाई जिम्मेवारी नदिई साउन देखिको तलब रोके


 काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत आउँदा स्वास्थ्यमा केही परिवर्तन होला भन्ने आशा कर्मचारीमा थियो । हक्की स्वभावका बस्नेतले भद्रगोल अवस्थामा चलिरहेको मन्त्रालयलाई केही लिकमा ल्याउने आशा र भरोसा गर्नेहरू कांग्रेसजनमाझ देखिन्थ्यो । तर, दिन, बित्दै जाँदा ती सपनाहरू बिस्तारै घामजस्तै ओझेल पर्दै जान थाल्यो ।

देशमा रोजगारीकाे सृजना गर्छु भन्ने कांग्रेस, एमाले, माओवादी, साना दल कांग्रेसको कोटामा मन्त्री भएका मोहन बस्नेतले ८ सय बढि स्थायी  कर्मचारीले खाइरहेको रोजगारी खोस्दा काेही बोल्न सकेनन् । युवाको आशा र भरोसा बोकेका कांग्रेस महामन्त्री गगन थापात झन यश विषयमा विलयन भए । सायद “गुण्डा” राजसँग झुकेका हाेलान् ।

८ सय बढीको रोजगारी खोसेका बस्नेतले सेवामा रहेका सात महिना देखिको कर्मचारीलाई तलब रोकेर उनीहरूका चाहना र इच्छामा तिलाञ्जलि दिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका सात सय बढि कर्मचारीले साउन देखिको तलब पाएको छैन ।

तलबको लागि करिब तीन करोड रुपैयाँ अर्थसँग माग गरिएको छ । तलब रोकेका कुनै कारबाहीमा परेका कर्मचारी हैनन् । आफै जानाजान काम विहीन भएका पनि हैनन् । उनीहरूलाई नियोजित रुपमा मन्त्रीले कामको जिम्मेवारी नदिएका हुन् ।

कर्मचारीको पनि मन्त्रीको जस्तै परिवार छ । बालबच्चा छन् । नियमित तलबले घर परिवार चलाउनुपर्ने बाध्यता हरेक कर्मचारीलाई छ । तर, गलत व्यक्तिको हातमा स्वास्थ्य क्षेत्र पुग्दा आज सात सय कर्मचारीकाे जानाजान अगेनाे निभेको छ ।

तलब नपाउने कर्मचारी मनपरी रुपमा गरेको समायोजन, दरबन्दी भन्दा बाहिर सरुवा र केही कर्मचारी अदालतको स्टेअर्डर लिएर आउनेहरू छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ