अख्तियारले डामेका स्वास्थ्यमन्त्री बस्नेतलाई घर पठाउन गगनको प्रस्ताव


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीहरुलाई फिर्ता पठाउन पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेततर्फ लक्षित गर्दै उनले अख्तियारले डामेका मन्त्री फिर्ता पठाउन प्रस्ताव गरेका हुन् ।

स्वास्थ्यमन्त्री समेत रहिसकेका कांग्रेस महामन्त्री थापाले स्वास्थ्यमन्त्री बस्नेतलाई अख्तियारले डामेको र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई आयोगले पोलेको भन्न खोजेको प्रस्टै बुझिन्छ । संसद् निरन्तर अवरोध हुँदा मूल विषय पनि छाँयामा परेको उनले बताए । थापाले आसनको दायाँ, बायाँ बस्ने, काखको, पाखको कसैलाई नहेरी अख्तियारले डामेका, आयोगले पोलेका, सरकारी जग्गामा आँखा गाडेका, सहकारी ठगीमा मुछिएकाहरुलाई घर पठाएर अनुसन्धान गर्नुपर्ने धारणा राखे ।

‘अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोरेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने र दुई/चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होईन, घर पठाएर अनुसन्धान गरौं ।’, पूर्वस्वास्थ्यमन्त्री थापाले अघि थपे, यति गर्न सकिए के होला ? निर्दोष भए फर्किएर आउनु होला, फूलमाला लगाएर स्वागत गरौंला । दोषी भए दण्ड सजाय भोग्नुहोला ।’,  उनले संसदमा बोल्दा मन्त्रीहरु चाख दिएर सुनेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com