आज स्वास्थ्य सेवा दिवस: मन्त्रालयमा विशेष कार्यक्रम


काठमाडौं । आज स्वास्थ्य सेवा दिवस हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विशेष कार्यक्रम आयोजना गरेको छ ।

वर्षेनी फागुन १५ गते स्वास्थ्य मन्त्रालयले औपचारिक कार्यक्रम आयोजना गरेर स्वास्थ्य सेवा दिवस मनाउँदै आएको छ । यसपटक ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा- निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा दिवस मनाउने भएको हो ।

मंगलबार बिहान ८ बजे मन्त्रालयले स्वास्थ्य सेवा दिवसको औपचारिक कार्यक्रम सुरु हुने जनाएको छ । मन्त्रालयको प्रांगणमा योग अभ्यास र विभिन्न कार्यक्रमसहित स्वास्थ्य सेवा दिवस मनाउने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले बिभागहरू, संघीय अस्पतालहरू, स्वास्थ्यका काउन्सिलहरू तथा व्यवसायीक संघ संस्थाहरू निमन्त्रणा गरेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ