बर्खास्तीमा परेका स्वास्थ्यका रामप्रसाद दम्पति बालेनमाथि किन खनिए ?


काठमाडौं । स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा कार्यपालिकाको निर्णय फेरबदल गरेपछि काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल बर्खास्त हुने तयारीमा छन् । काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी नेतृत्वको समितिले बर्खास्त गर्न सिफारिस गरेको हो । त्यहीँ अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बर्खास्तमा लागि प्रदेश लोकसेवा आयोग, बागमतीसँग परामर्श लिएका छन् । प्रदेश लोकसेवाबाट परामर्श आउन साथ रामप्रसाद बर्खास्त हुने प्रवल सम्भावना देखिन्छ ।

यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध रामप्रसाद दम्पतिले निरन्तर हमला गरिरहेका छन् । रामप्रसादले ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्ने’, आरोप लगाउँदै फेसबुकमा स्टाट्स लेखे । त्यसलगत्तै काठमाडौं महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत हरिमाया पौडेल घिमिरे (सस्मिता)ले मेयर बालेनले काम नदिएर  मानसिक टर्चर दिएको आरोप लगाइन् । यो समाचार तयार पार्दा उक्त स्टाट्स सुस्मिताले फेसबुकबाट हटाएकी छिन् । रामप्रसाद र हरिमाया उर्फ सस्मिता श्रीमान् श्रीमती हुन् ।

रामप्रसाद र सस्मिताले बालेनविरुद्ध लगाएका गम्भीर आरोप फेसबुकबाट हटाएका छन् । तर, रामप्रसादले कर्मचारीलाई मेयरविरुद्ध आन्दोलन गर्न उक्साएको भिडियो ट्वीटर (X)मा भाइरल छ । बालेनले बोलेको भिडियो फेसबुकमा सेयर गर्दै सुस्मिताले स्वास्थ्यका हरेक काम रामप्रसादले गरेको भन्न भ्याएकी छिन् । जे होस् बालेनविरुद्ध पछिल्लो समय रामप्रसाद दम्पति निरन्तर खनिरहेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ