‘बिदामा नबस्ने’ भन्दै मुख्यसचिव अर्यालले प्रधानमन्त्री प्रचण्डलाई दिए चुनौती


काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ठाडो चुनौती दिएको पाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले बिदामा बस्न दिएको निर्देशनलाई चुनौती दिँदै उनले आफू बिदामा नबस्ने जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्ड निकट स्रोतमा अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि घोटालामा भ्रष्टाचार मुद्दा दायर हुने भएपछि मुख्यसचिव अर्याललाई बिदामा बस्न निर्देशन दिएको हो । तर, उनले प्रधानमन्त्री प्रचण्डको निर्देशनलाई ठाडै अस्वीकार गरेको खुल्न आएको हो ।

प्रधानमन्त्रीले मुख्यसचिवलाई बिदामा बस्न निर्देशन दिनु भयो तर मुख्यसचिव अर्यालले म भ्रष्टाचारी होइन भन्दै प्रधानमन्त्रीको उक्त निर्देशनलाई मान्न तयार हुनु भएन ।’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोत ले स्वास्थ्य लाइभसँग भन्यो । मुख्यसचिव अर्याललाई टेरामक्स प्रविधि घोटालामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्ने सुईको पाएपछि प्रधानमन्त्री प्रचण्डले बिदामा बस्न निर्देशन दिएका थिए । तर, मुख्यसचिव अर्याल प्रधानमन्त्रीको निर्देशनलाई बेवास्ता गर्दै दिनभर नियमित काममा सक्रिय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

त्यसो त मुख्यसचिव अर्यालले अख्तियारलाई समेत अटेर गर्दै आएका छन् । अख्तियार उच्च तहबाट उनलाई राजीनामा दिँदा उपयुक्त हुन्छ भन्ने सन्देश आएको थियो । तर, उनले राजीनामा नदिने अडान राखे । अहिले प्रधानमन्त्रीले बिदामा बस्न दिएको निर्देशनलाई समेत मुख्यसचिव अर्यालले चुनौती दिएको चर्चा छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #टेरामक्स, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल, #राजीनामा वा बिदा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com