अराजक स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत आज बिदा हुँदै


काठमाडौं । अराजकशैलीका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत आज बिदा हुँदैछन् । उनलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष कदम चाल्ने संकेत गरेका छन् । स्वास्थ्यमन्त्रीको विषयमा प्रधानमन्त्री प्रचण्ड निकै कठोर देखिन्छन् ।

स्वास्थ्यमा आतंक मच्चाइरहेका स्वास्थ्यमन्त्री बस्नेत नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद घोटालामा मुछिएका छन् । उनी झण्डावाला गाडीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर बयान दिएका छन् । स्वास्थ्यमन्त्री बस्नेतलाई हटाउनु पर्छ भन्नेमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक ठाउँमा देखिन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले समेत स्वास्थ्यमन्त्रीलगायतलाई हटाउन प्रधानमन्त्रीलाई सहमति दिएको बुझिन्छ । स्वास्थ्यमन्त्री बस्नेतले भने देउवासँग आफूलाई प्रचण्डले हेप्दै आएको गुनासो गरेका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले छोटो समयमै टेरामक्स प्रविधि खरिद कै शैलीमा अर्बौंका मेडिकल उपकरण खरिद गरेका छन् । ऋणको पैसाबाट कमिसनको चक्करमा उक्त उपकरण खरिद गरेको पाइन्छ । त्यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल हात हाल्नुपर्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com