सत्ता गयो तर माेहन बस्नेतको “ओथारा” जारी छ


काठमाडौं । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले गैरकानुनी नियुक्ति गर्न मन्त्रालयमा बसेको अधिकारीहरूले बताएका छन् । बिहान ८ बजेनै मन्त्रालय पुगेर उच्च अधिकारीहरूको सरुवा र विभिन्न निर्णयहरू गराउन दवाव दिइरहेका छन् । बस्नेत मन्त्रीबाट आउट भइसकेपनि लाजै बिना मन्त्रालयमा “ओथारा” लागेर बस्नुले कर्मचारीहरूमा त्रासको सृजना भएको छ ।

विगत देखि गुण्डा शैली देखाउदै आएका बस्नेतले आवश्यकता अनुसार निर्णय गराउन भिजिलान्ते समेत ल्याउने गरेका छन् । स्रोतका अनुसार गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, नीति योजना महाशाखा प्रमुखको सरुवा गर्न कर्मचारीलाई दबाब दिएको पाइएको छ । उनीहरू मन्त्रालयका खम्बा हुन् ।

बस्नेतले हिजो कै मितिमा सरुवा गरेको देखाउन समेत दबाब दिएका छन् । यस्ता गुण्डाबाट कर्मचारी जोगिन जरुरी छ । यसलाई हामीले गम्भिर रुपमा हेरेका छौं । भष्ट्राचारले “सिनो” जस्तो गन्हाएका बस्नेतले यस अगाडि गरेको सबै निर्णयहरु  बदर गर्नुपर्ने पक्षमा स्वास्थ्य लाइभ रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ