मोहनबहादुर बस्नेतसहित कांग्रेसका सबै मन्त्री बर्खास्त


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरू बर्खास्तमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीको नाम लिएर राष्ट्रपति निवास पुगेसँगै कांग्रेसका मन्त्रीहरु बर्खास्तमा परेका हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका ९ औं जनाले राजीनामा नदिएपछि प्रधानमन्त्री प्रचण्डले बर्खास्त गरेका हुन् । कानुनमन्त्री धनराज गुरुङसहित कांग्रेसका मन्त्रीहरु झण्डा छोपेर हिँड्का छन् । यसले पनि उनीहरू बर्खास्तीमा परेको पुष्टि हुन्छ ।

यता बर्खास्तमा परेका अराजक स्वास्थ्यमन्त्री बस्नेत भने मन्त्रालयमै रहलपहल सोहोर्न व्यस्त छन् । निर्लज्ज तरिकाले उनी मन्त्रालयमा बसेर गोरखधन्दा चलाउन व्यस्त छन् । उसले पनि बस्नेतले स्वास्थ्यमा बसेर कति बदमासी गरेछन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ