स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादवको चर्चा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा उपेन्द्र यादवको सम्भावना बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीलाई स्वास्थ्य र वन दिने गरी छलफल थालेका छन् । त्यसैले स्वास्थ्यमा यादव आफै जाने सम्भावना छ । वनमन्त्रीमा भने डा. वीरेन्द्रकुमार महतो वा प्रदीप यादवमध्येबाट एक हुने चर्चा छ ।  यद्यपि यो निर्णय भने टुंगोमा पुगिसकेको छैन ।

यता नेकपा एकीकृत समाजवादीले सहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना बढेको छ । एकीकृत समाजवादीका अध्यक्ष बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल व्यस्त छन् ।

अब स्वास्थ्य, वन, सहरी विकास र सामान्य प्रशासन मन्त्रालय बाँकी छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ