आईटी माफिया विकल पौडेलको नियुक्ति नै शंकास्पद


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आईटी माफिया विक्ल पौडलको नियुक्ति नै शंकास्पद रहेको खुल्न आएको छ । अख्तियार स्रोतका अनुसार उनले फर्जी कागजात पेश गरेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्ति भएको देखिन्छ ।

२०७४ असार ४ गते सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्ति हुँदा र २०७९ जेठ १६ गते पदावधि थप विकलले झूठा विवरण पेश गरेको अख्तियारका अधिकारीहरुको दाबी छ ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व सुरेन्द्रकुमार (राम) कार्कीले सम्हालेका बेला विकल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । ज्ञानेन्द्रबहादुर कार्की सञ्चारमन्त्री भएका बेला कानुन नै संशोधन गरेर उनको पदावधि थपिएको हो ।
सुरेन्द्रको बेलामा अहिलेका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ सञ्चार सचिवको भूमिकामा थिए भने ज्ञानेन्द्रको पालामा अहिलेका मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल उक्त जिम्मेवारीमा रहेका थिए । सुरेन्द्र र ज्ञानेन्द्रकै पालामा आईटी माफिया विकलले फर्जी कागजात पेश गरेर जागिर खाएको खुल्न आएको हो ।
अमेरिकी पीआरधारी विकललाई सरकार उक्त पदबाट बर्खास्त गरिसकेको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा रहेका थिए । अमेरिकाको पीआर रहेको पाइएपछि सरकारले विकललाई निलम्बन गरेको हो ।
आईटी माफिया विकलले गलत विवरण पेश गर्दा पनि आवश्यक छानबिन नगरी नियुक्ति दिने जिम्मेवार अधिकारीलाई समेत कारबाहीको दायरामा ल्याउन जरूरी देखिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #आईटी माफिया, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com