ऐनविपरीत माेहन बस्नेतद्दारा उमेरहद नाघेका व्यक्तिलाई नियुक्ति दिएको खुलासा


काठमाडौं । माेहन बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री हुदा जबर्जस्ती ऐनविपरीत उमेरहद नाघेका व्यक्तिलाई एक समितिको अध्यक्ष नियुक्ति गरेकाे खुलेकाे छ । बस्नेतले कर्मचारीलाई धम्की दिएर रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा उमेरहद नाघेका व्यक्तिलाई नियुक्ति गरेको पाइएको हाे ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति(गठन) आदेश २०८० विपरीत प्रा. डा. परसुराम मिश्रलाई अध्यक्षमा नियुक्ति गरेको हाे । आर्थिक प्रलाेभनमा परेर बस्नेतले ऐनविपरीत नियुक्ति गरेकाे अधिकारीहरुकाे भनाइछ ।

मन्त्रिपरिषद्को गत माघ २५ गतेको बैठकले महोत्तरीको मनरा सिसवा–१० घर भएका प्रा. डा. मिश्रलाई रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. मिश्रलाई गत माघ २८ गते नियुक्ति पत्र दिएको थियो । अधिकारीहरुले यस्ता नियुक्ति उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बदर गर्नुपर्ने बताउँछन् । बस्नेतले स्वास्थ्यमा गरेका नियुक्तिमा ठुलाे आर्थिक चलखेल भएकोले त्यसलाई सच्याएर उचित र याेग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने मन्त्राालयका अधिकारीहरु बताउँछन् ।
गठन आदेशमा नेपाली नागरिक, ३५ वर्ष उमेर पुगेको,६५ वर्ष उमेर ननाघेको र उच्च नैतिक चरित्र भएको व्यक्ति पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा नियुक्त गर्ने व्यवस्था छ । तर, बस्नेतलकाे जाेडबलमा ६७ वर्ष पार गरिसकेको व्यक्ति नियुक्ति गरिएको छ ।

२०३३ साल असोज २७ गते नेपाली नागरिकता लिएका डा. मिश्रको जन्ममिति २०१३ साल असोज ६ गते लेखिएको छ । सो जन्ममिति अनुसार डा. मिश्रको उमेर ६७ वर्ष पार गरिसकेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितीको गठन आदेशमा ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com