नर्भिकका बसन्त सीआईबीको कठघरामा, अब विनोदको पालो


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका मालिक बसन्तकुमार चौधरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को कठघरामा उभिएका छन्  । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा उनलाई सीआईबीले बयान लिएको को छ । बसन्तले जग्गा हिनामिनामा इन्कारी बयान दिएको स्रोतले बतायो ।

बाँसबारीको जग्गा लगिएको च्याम्पियन फुटवेयरमा बसन्तको २०० कित्ता सेयर रहेको थियो । उक्त जग्गा अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा पुगेको देखिन्छ । उक्त जग्गा हिनामिनामा सीआईबी बसन्त र विनोदकुमार चौधरीका कान्छा भाइ अरुणकुमार चौधरीलाई बयान लिइसकेको छ । सीआईबीले हिरासतमै लिएर बयान लिएका अरुण अदालतको आदेशमा रिहा भएका थिए । उनीपछि सीआईबीले महिला दाइ बसन्तको समेत बयान लिएको हो । अब कांग्रेस सांसद समेत रहेका जेठा दाइ विनोदकुमार चौधरीलाई सीआईबीले बयान लिने तयारी गरेको छ ।

केही दिन अगाडि बाँसबारी छाला जुत्ता काराखानाको १० रोपनी सरकारी जग्गा च्याम्पियन फुटवेयर प्रालिमा लगेर हनामिना गर्ने विनोद, बसन्तलगायतमाथि बयान लिन गृहमन्त्री लामिछानेले निर्देशन दिएका थिए । गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सीआईबीका निर्देशक श्यामलाल ज्ञवालीलाई उनले विनोद-बसन्तमाथि पनि कारबाही गर्न निर्देशन दिएका हुन् । उक्त निर्देशनसँगै सीआईबीले विनोदमाथि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराएको छ ।

बाँसबारीको जग्गा लगिएको च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १०० कित्ता शेयर थियो भने विनोदकुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००/२०० कित्ता शेयर थियो । त्यसको सम्पत्ति अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।

सरकारी जग्गा हिनामिना गर्ने चौधरी दाजुभाइ अहिले सीआईबीको फन्दामा परेका छन् । बसन्तले त च्यारिटी अस्पतालका नाममा मोरङमा समेत सरकारी जग्गा हडपेको आरोप छ । उक्त विषयमा पनि सीआईबीले तत्काल छानबिन अगाडि बढाउनु पर्छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : ## सरकारी जग्गा, #अरुणकुमार चौधरी, #नर्भिक इन्टननेशनल हस्पिटल, #बसन्तकुमार चौधरी, #बाँसबासी छाला जुत्ता कारखाना, #विनोदकुमार चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com