दिपेन्द्रको पहलमा अनाथ बालकहरूलाई पढ्ने व्यवस्था मिलाइयो


काठमाडौं । बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठको पहलमा अनाथ बालकहरू रिदम र रिजम तण्डुकारलाई पढ्ने व्यवस्था मिलाइएको छ । बाबु-आमा गुमाएका उनीहरुलाई ५० हजार रुपैयाँ फी तिरेर दिपेन्द्रले पढ्ने व्यवस्था मिलाएका हुन् । काठमाडौं जेभियर्स पब्लिक स्कुलमा कक्षा ८ मा पढ्दै गरेका रिदम र रिजमलाई विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन् ।

दिपेन्द्रको पहलमा स्कुलले पनि डेढ लाख रुपैयाँ शैक्षिक शुल्क छुट दिएको छ । काठमाडौं जेभियर्स पब्लिक स्कुलका प्रिन्सिपल आरबी अधिकारी अधिकारीले सांसद श्रेष्ठको आग्रह बमोजिम उक्त शुल्क मिनाहा गरिदिएको बताए । ५० हजार रुपैयाँ भने दिपेन्द्रले तिरिदिएको उनको भनाइ छ ।

टुहुरा बालकहरु रिदम र रिजममका लागि विभिन्न संघसंस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् । दिपेन्द्रको पहलमा ती संस्थाले उनीहरूलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् । अन्य संघ संस्था र सहयोगी मन तथा हातहरुलाई पनि अनाथ टुहुरा बालकहरूलाई सहयोग गर्नका लागि दिपेन्द्रले आह्वान गरेका छन् । रिदम र रिजमको बसोबास र पालनपोषणका लागि पनि समस्या रहेको दिपेन्द्रले सुनाए ।

रिदम र रिजमका लागि फैलिएका सहयोगी हात

१,दिपेन्द्र श्रेष्ठ सांसद (बागमती प्रदेश), ५० हजार रुपैयाँ,

२,जागृत महिला संघ नेपाल २२ हजार रुपैयाँ,

३, वनमन्त्री मसिना खड्का ( बागमती प्रदेश) ११ हजार रुपैयाँ,

४,मानकुमारी र मकरलाल श्रेष्ठ १० हजार रुपैयाँ,

५, श्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महादेवस्थान बानेश्वर ७ हजार रुपैयाँ,

६,गोविन्द भण्डारी ५ हजार ,

७,गिता गिरी ५ हजार रुपैयाँ,
८, तण्डुकार ३ हजार रुपैयाँ
९, डिना ५ सय रुपैयाँ
१०,काठमाडौं जेभियर्स पब्लिक स्कूलले डेढ लाख रुपैयाँ स्कुल फि मिनाहा गरिदिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com