पुरानै घर फर्किए उपसचिव रेवती, बिरानाे बने निराैला


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे उपसचिवमा रेवती रमन शर्मा आएका छन् । उनी पुरानै घर फर्किएका हुन् । रेवती रमन शर्मा आफ्नो पुरानाे घर फर्किदा उपसचिव माेहन निराैला भने बिरानो बनेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री माेहन बस्नेतको निजी सचिव भएर काम गरेका माेहन निरौलाको बुधबार सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निरौलालाई भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै स्वास्थ्यमा चाडै कर्मचारी प्रशासन शाखा, नीति याेजना शाखा, आन्तरिक प्रशासन शाखाका प्रमुख सुरुवा हुदैछन् । पुरानै घर फर्किएका शर्मा स्वास्थ्यको कर्मचारी प्रशासन शाखामा काम गर्न सक्ने याेग्य पात्र हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com