एमडीएमएसमा भ्रष्टाचार मुद्दा दायर, रित्तिदै एनटीए


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडीएमएस)मा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरण(एनटीए)का तात्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनालसहित झन्डै दुई दर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले एमडीएमएसमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै एनटीए रित्तिने अवस्थामा पुगेको छ ।

एमडीएमएसमा अख्तियारले ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको विशेष अदालत प्रशासनले जनाएको छ । यो मुद्दासँगै एनटीएभित्र ‘भूकम्प’ जान सुरु भएको हो ।

पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक सन्दीप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

त्यस्तै उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, सहायक निर्देशक सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल र सहायक निर्देशक निराजन कोइरालाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

न्यूनमेराका अध्यक्ष मोहम्वद नुर अमिन विन मोहम्वद नुर खान, वार्तामा संलग्न मोहम्वद शिहाव विन कुन्ही मोहम्वद, चिफ अपरेसन अफिसर अनुज सिंह, प्रडक्ट स्पेसलिष्ट जमील अमिदविरुद्ध पनि भ्रष्टाचारमुद्दा दायर गरेको हो । नमस्ते ग्लोबल प्रा.ली.का निर्देशक कबिन्द्र राज मल्ल विरुद्ध पनि मुद्दा दायर गरेको हो । अहिलेसम्म उक्त प्रणालीमा खर्च भएको झन्डै साढे २३ करोड रुपैयाँ खर्च जरिवानासहित असुल्न समेत अख्तियारको माग दाबी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com