विशाल पण्डितविरुद्ध भ्रष्टाचार अभियाेगमा मुद्दा दायर


काठमाडौं । काेशी प्रदेशकाे स्वास्थ्य सामग्री खरिद प्रकृयामा अनियमितता गरेकाे भन्दै सप्लायर्स विशाल पण्डित बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले पण्डितविरुद्ध विशेष अदालतमा झण्डै तीन कराेड रुपैया अभियाेग सहित मुद्दा दायर गरेकाे हाे ।

हस्पिटेक इन्टरप्राइजेज प्राली र त्यसका सञ्चालक पण्डितसहित ६ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएकाे छ । काेशी अस्पतालमा उपकरण खरिदमा भ्रष्टाचार भएकाे अख्तियारकाे अभियोग छ । अनियमिततामा संलग्न भएकाे आराेपमा उदेश कुमार श्रेष्ठ र मनाेज कुमार आचार्य कुशल दाहाल, चन्द्रदेव मेहता, डम्बरसिंह विश्वकर्मालाई समेत अख्तियारले प्रतिवादी बनाएको छ ।

अख्तियारले प्रतिवादी बनाएका मेहता स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक हुन् । दाहाल स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका वायोमेडिकल इन्जिनियर, विश्वकर्मा स्वास्थ्य निर्देशनालय, धनकुटाका लेखा अधिकृत डण्डरसिंह र श्रेष्ठ स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ