राप्ती प्रतिष्ठानले यसै वर्षदेखि एमबीबीएस कार्यक्रम शुरु गर्ने

एमबीबीएस तयारीका लागि प्रदेश सरकारले जनस्वास्थ्य कार्यालयको भबन प्रतिष्ठानलाई हस्तान्तरण


काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य दिज्ञान प्रतीष्ठानले एमबिबिएसको कक्षा सन्चालन गर्ने गरि आन्तरिक तयारी तीब्र पारेको छ । प्रतिष्ठानले यसै वर्षदेखि एमबीबीएस कार्यक्रम शुरु गर्ने तयारी थालेको हो ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. श्याम लम्सालले एमबीबीएसका कक्षाहरु सञ्चालन गर्ने तयारीका सन्दर्भमा यसै आर्थिक बर्षदेखि तयारी व्यापक पारिएको जानकारी दिए। यसैक्रममा एमबीबीएसको तयारीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रयोग गर्दै आईरहेको कार्यालय भबन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई हस्तान्तरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले प्रतीष्ठानमा एमबिबिएस कक्षा सन्चालनको तयारीका लागि भबन चाहिने भएकाले काममा सहजताका लागि जनस्वास्थ्य कार्यालयको भबन प्रतीष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरिएको बताए ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रतीष्ठानलाई जनस्वास्थ्यको भबन उपलब्ध गराउन सहयोग गरेकोमा प्रदेश सरकार, प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल, स्वास्थ्य सचिब डा. जनार्दन पन्थीसहित सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यवाद दिए । रजिस्ट्रार लम्सालले जनस्वास्थ्य कार्यालयको भबनलाई एमबीबीएस सञ्चालनको तयारी गर्न उपयोग गरिने जानकारी दिए । उनले दिएको जानकारी अनुसार त्यस भबनमा एमबीबीएस कक्षा सञ्चालनका लागि नियुक्त हुने प्राध्यापकहरुको कार्यालय भबन र प्रतिष्ठानको प्रशासनिक भबनको रुपमा प्रयोग गरिने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com