राप्ती प्रतिष्ठानमा देशकै उत्कृष्ट जेष्ठ नागरिक सेवा दिइएको दाबी


काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुककै उत्कृष्ट दाबी गरिएको जेष्ठ नागरिक सेवा थप प्रभावकारी बन्दै गएको छ । जेष्ठ नागरिकहरुलाई लक्ष्ति गर्दै प्रतिष्ठानले नेपालकै पहिलो जेष्ठ नागरिक रोग विशेषज्ञको व्यवस्था गर्दै छुट्टै ओपिडि सेवा पनि सञ्चालनमा ल्याएको हो ।

जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको व्यवस्था गरेर प्रतिष्ठानले सो सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । कँडेल हाल प्रतिष्ठानको कामु निर्देशकको जिम्मेवारीमा पनि छन् । नेपालकै एक मात्र अस्पताल प्रतिष्ठानमा जेष्ठ नागरीक ओपिडिसहित १२ वेडको वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए । लम्सालले जेष्ठ नागरिकको उपचारमा टेवा पुर्याउने उदेश्यले हाल प्रतिष्ठानमा टोकन सिष्टम पनि सुरुवात गरिसकेको छ । फार्मेसीमा पनि जेष्ठ नागरीकलाई औषधि लिनका लागि छुट्टै झ्यालको व्यवस्था गरीएको हो ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार ६० वर्ष देखी ६९ वर्षसम्मका ५ हजार ८३ जना महिला र ४ हजार ३४ जना पुरुष जेष्ठ नागरिकहरुले ओपिडि सेवा लिएका छन् भने ७० वर्ष भन्दा माथिका ५ हजार १६ जना महीला र ४ हजार ६ सय ८९ पुरुष जेष्ठ नागरीकले ओपिडडी सेवा प्राप्त गरेका छन् । त्यस्तै ६० वर्ष भन्दा माथिका ५ हजार ४ सय २८ जना जेष्ठ नागरिकहरु उपचारका लागि भर्ना भई सेवा लिएका छन् । जसअनुसार ओसिएमसी ७ जना, सर्जरी सेवा १ हजार २३ जना, प्रसुति सेवा २ हजार ७ सय ३४ जना, अर्थोपेडिक सेवा ५ सय ६५ जना, दन्त सेवा १ जना, नाक, कान घाटि रोग विशेषज्ञ सेवा १ सय ५४ जना, युरोलोजी सेवा ७८ जना, मानसिक रोग विशेषज्ञ सेवा ५३ जना, अन्य सेवा १ जना, मेडिसिनको सेवा ७ सय ४० जना, वाल रोग विशेषज्ञ सेवा ३२ जना, एमडिजिपी ३४ जना, आँखा रोग विशेषज्ञ सेवा ६ जना भर्ना भई उपचार सेवा लिएका छन् ।

यसैगरी ६० वर्षभन्दा माथिका ६३ हजार ८ सय ४० जना जेष्ठ नागरिकहरुले ओपिडीबाट विशेषज्ञ सेवा पाएका छन् । जसअनुसार ओसिएमसी सेवा २८ जना, अर्थोपेडिक सेवा ८ हजार ३ सय ८३ जना, छाला रोग विशेषज्ञ सेवा ३ सय ८४ जना, नाक, कान घाटि रोग विशेषज्ञ सेवा ३ हजार ५ सय ५४ जना, प्रसुति सेवा ४ सय २९ जना, मानसिक रोग विशेषज्ञ सेवा १ हजार ३ सय २२ जना, रेडियोलोजी सेवा ८४ जना, दन्त सेवा १ हजार ४ सय ९३ जना, आँखा रोग विशेषज्ञ सेवा ५ हजार ३ सय ३९ जना, जेनरल सर्जरी सेवा ४ हजार ४ सय १६ जना, संस्थागत क्लिनिक १ जना, अन्य सेवा अन्तरगत ६ सय ३५ जना, युरोलोजी सेवा १ हजार ८ सय २७ जना, अन्य विभागीय सेवा ६ जना, मेडिसीन तथा जेष्ठ नागरीक ओपिडी वार्डवाट २१ हजार ५ सय ४ जना, वाल रोग विशेषज्ञ सेवा ३ हजार ६ सय ३५ जना, फीजियोथेरापी सेवा ७ जना, दन्त सेवा फलोअप १ जना, इमरजेन्सी सेवा ९ हजार १ सय ६३ जना र एमडिजीपी सेवातर्फ १ हजार ६ सय २९ जनाले ओपिडि सेवा लिएका छन् । यो सेवाग्राहीको संख्या गएको साउनदेखी फागुन मसान्त सम्मको भएको प्रतिष्ठानले जनाएको छ । ए

स्वास्थ्य मन्त्रालयद्वारा प्रतिष्ठानलाई जेरीयाट्र«ीकको विशिष्टकृत अस्पतालको रुपमा सूचीकृत हुनेगरी प्रकृया सुरु

यसैविच स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा सञ्चालित जेष्ठ नागरिक वार्डलाई थप सुविधा सम्पन्न बनाउने गरी आवश्यक प्रकृया सुरु गरेको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले मन्त्रालयले जेष्ठ नागरीकको विशिष्कृत अस्पतालको रुपमा सूचीकृत हुने प्रकृया सुरु गरिसकेकाले निकट भविष्यमा यो कार्यले पनि सफलता पाउने बताए।

जेष्ठ नागरिकलाई लक्षित गर्दै प्रतिष्ठानले एमडि गरीसकेको चिकित्सकका लागि ‘जेष्ठ नागरिक फेलोसीप’

त्यस्तै प्रतिष्ठानले जेष्ठ नागरिक विधामा फेलोसीप कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जेष्ठ नागरीकहरुको उपचारमा थप संवेदनशील हुँदै अस्पतालले पाठ्यक्रम नै बनाएर जेष्ठ नागरिक फेलोसीप कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । एमडी गरिसकेका चिकित्सकहरुलाई लक्षित गरेर यो कार्यक्रम ल्याईएको उनले बताए। मुलुकमा जेष्ठ नागरिकको संख्या बढ्दै गएकाले अस्पतालमा उपचारको थप सुविधासम्पन्न बनाउन र जेष्ठ नागरिक विशेषज्ञ आवश्यकता धेरै नै भएको त्यसको परीपुर्ति गर्न प्रतिष्ठानले आफै नै पाठ्यक्रम बनाई स्विकृत गराएर जेष्ठ नागरिक फेलोसीप कार्यक्रम सञ्चालनमा ल्याईएको रजिष्ट्रार लम्सालको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com