गगन थापाले किन दिए शिक्षामन्त्रीलाई धन्यवाद ?


काठमाडौं ।  पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोमा शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षामन्त्री श्रेष्ठलाई धन्यवाद दिएका हुन् ।

थापाले आधार र कारण खुलाएरै जसजसलाई कारबाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास समेत व्यक्त गरेका छन् । प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका विषयलाई थप प्रभावकारी बनाउनु समेत उनले सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले बुधबार चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरेको हो ।

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद !

आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । यससंगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारबाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ