चिकित्सा शिक्षा आयोगपछि एनसेल र सुन तस्करी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग


काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि एनसेल र सुन तस्करी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ। कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले उक्त माग राखेका हुन्  ।

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक गर्ने शिक्षामन्त्रीको कदम स्वागत योग्य रहेको नेता केसीको भनाइ छ। साथै उनले टंकमणि शर्माको ऐनसेल प्रतिवेदन किन सार्वजनिक गर्दैन सरकार भनेर प्रश्न गरेका छन् । केसीले सुन तस्करी जाँचबझ आयोग र समितिको प्रतिवेदन समेत सार्वजनिक हुनु पर्नेमा जोड दिएका हुन्।

यस्तो छ नेता केसीको भनाइ

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुरको अध्यक्षतामा गठित “चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन ६ वर्षपछि शिक्षा मन्त्रीजीले सार्वजनिक गर्नुभएको कदम स्वागत योग्य छ। आग्रह पूर्वाग्रह अभिप्रेरित नभई वास्तविक रूपमा भ्रष्टाचार संरक्षक राजनीतिक वा गठबन्धन सिन्डिकेटको दबाब थेग्न सक्ने आँट भए सर्वप्रथम हालसालै माघ १५ गते नेपालकाे इतिहासकै सबैभन्दा ठूलो खर्बौंको भ्रष्टाचार काण्ड एनसेल~ टंकमणि शर्माको प्रतिवेदन किन सार्वजनिक गर्दैन सरकार? २०८० को सुुन तस्करीको जाँचबुझको “डिल्लीराम आचार्य आयोग “जसको निर्माणमा प्रमुख दबाब कर्ता स्वयं तत्कालीन प्रतिपक्ष एमाले नै थियो, अहीले सरकार मा छ, त्यो प्रतिवेदन किन सार्वजनिक हुन सकेन कसको डर भयो, कसले रोक्यो ? त्यसै गरि ३३ केजी सुन काण्ड सहसचिव ईश्वरराज पौडेल प्रतिवेदन २०७४ लाई पनि तत्काल सार्वजनिक गर्ने र संलग्न दोषीहरुलाई कारबाही गर्न सरकारले आँट गरोस। २०४७ पछिको छानबिन गर्ने कुरा नारा र भाषण मा मात्र नगरौं! काम गरौ ! ल! अहिलेलाई ४ बाटै सुरु गरौ! यदी साँच्चै भ्रष्टाचार रोक्ने इमान्दार मन्सुबा भए ?

क्याटेगोरी : समाचार
ट्याग : #चिकित्सा शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com