बैशाख १३ गते भोजपुरको दिङ्लामा निःशुल्क स्वास्थ्य शिविर हुने


काठमाडौं । आगामी बैशाख १३ गते भोजपुरको दिङ्लामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

नेपाली कांग्रेस पार्टीका भोजपुर जिल्ला सभापति एवं कोशी प्रदेश सभा सदस्य विनोद वान्तवा राईको प्रमुख आथित्यमा षडानन्द नगरपलिकको केन्द्र दिङला बजारमा नि:शुल्क स्वास्थ्य आयोजना गरिएको हो ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको छलफलका लागि मंगलबार १० बजे दिङ्ला बजारको सभाहलमा कार्यक्रम राखिएको नेपाली कांग्रेसका नगर सचिव ज्ञानेन्द्र राईले जानकारी दिए ।  उक्त छलफलमा नेपाली कांग्रेस षडानन्द नगर कार्य समिति लगायत वार्ड कार्य समितिका पदाधिकारी साथै नेपाली काङ्ग्रेसका सुभेक्षुक भातृ संघ संगठनका विभिन्न तह र तपकामा रहेका सम्पूर्ण क्रियाशिल सदस्यहरुमा अनिवार्य उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।

प्रदेश सांसद वान्तवाको नेतृत्वमा भोजपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । यसपटक दिङ्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com