नेपाल विश्वमा आठौं प्रदूषित राष्ट्रको सूचीमा

बंगलादेश, पाकिस्तान र भारत 'टप थ्री'भित्र


काठमाडौं । नेपाल विश्वको आठौं प्रदूषित राष्ट्रको सूचीमा परेको छ । मुलुकको संघीय राजधानी विश्वको दोस्रो प्रदूषित सहरको सूचीमा पर्दा देश भने ‘टप टन’मा परेको छ हो ।

आईक्यू एयर इन्डेक्सका अनुसार विश्वको सबैभन्दा प्रदूषित देश बंगलादेश हो । बंगलादेशको राजधानी ढाका नेपालको राजधानीभन्दा एकतह मुनी ‘टप थ्री’ प्रदूषित सहरको सूचीमा पर्दा देशले भने नेपाललाई उछिनेर विश्व रेकर्ड राखेक छ ।

बंगलादेशपछि पाकिस्तान परेको छ । विश्वको प्रदूषित राष्ट्रको सूचीमा दुई नम्बरमा परेको पाकिस्तानको राजधनी लाहोरले विश्वमै रेकर्ड कायम गरेको छ । लाहोर विश्वकै प्रदूषित राजधानी हो ।

विश्वको तेस्रो प्रदूषित देश भारत हो । भारतपछि ताजिकिस्तान र बुर्किना फासो आउँछ ।  त्यसलाई पछ्याउनेमा इराक र युएई पर्छन् । त्यसपछि नेपाल लाइनमा देखिन्छ । नेपालपछि इजिप्ट र कंगो ‘टप टेन’ प्रदूषित देशमा परेका छन् ।  प्रदूूूषणका हिसाबले नेपाल देश र राजधानी काठमाडौं खराब हालतमा देखिन्छन्  ।

यस्तो छ  प्रदूषित देशको सूची

१ .🇧🇩 बंगलादेश
२. 🇵🇰 पाकिस्तान
३. 🇮🇳 भारत
४. 🇹🇯 ताजकिस्तान

५. 🇧🇫 बुर्किना फासो
६. 🇮🇶 इराक
७. 🇦🇪 युएई
८. 🇳🇵 नेपाल
९. 🇪🇬 इजिप्ट
१०. 🇨🇩 कंगो
११. 🇰🇼 कुवेत
१२. 🇧🇭 बहराइन
१३. 🇶🇦 कतार
१४. 🇮🇩 इन्डोनेसिया
१५. 🇷🇼 रुवाण्डा
१६. 🇿🇼 जिम्बावे
१७. 🇬🇭  घाना
१८. 🇰🇬 किर्जेकिस्तान
१९. 🇨🇳 चीन
२०. 🇱🇾 लिबिया

स्रोत : वर्ल्ड आईक्यू

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com