लागूऔषध मुद्दामा फरार एन्फा उपाध्यक्ष लामा समातिए


काठमाडौं । लागूऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। उनलाई पाटन उच्च अदालतले लागूऔषध मुद्दामा पाँच वर्षको कैद सजाय तोकेको थियो । लामा बुधबार पक्राउ परेका हुन् ।

२०६४ साल जेठमै लामालाई उच्च अदालतले (तत्कालीन पुनरावेदन अदालत) पाटनले पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको भएपनि उनी फरार सूचीमा थिए । अदालतको फैसला अवमूल्यान गरी कैद भुक्तानी नगरेर शक्ति केन्द्रको आडमा सार्वजनिक पद धारण गरेका लामा अन्ततः पक्राउ परेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com