‘नेसनल पेमेन्ट गेटवे’को भ्रष्टाचार मुद्दामा मरासिनीको अस्वभाविक चलखेल, फास्ट ट्रयाकमा टुंग्याइँदै


काठमाडौं । ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’को भ्रष्टाचार मुद्दामा निलम्बित सचिव मधुकुमार मरासिनीले अस्वभाविक चलखेल गरेको आरोप लागेको छ । गत असोज १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा फास्ट ट्रयाकमा अगाडि बढेको पाइन्छ । मरासिनीको सक्रियतामा ६ महिनामै मुद्दा फैसला हुन लागेको हो ।

निलम्बित सचिव मरासिनीसहित अख्तियारको हिरासतमा रहेका निलम्बित नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल पूर्वसचिव सञ्जय शर्मासहित प्रतिवादी रहेको भ्रष्टाचारको मुद्दा विशेष अदालतले हेर्दा हेर्दैमा राखेको छ । सुनुवाई सकिसकेकाले शुक्रबार नै निर्णय सुनाउने (निसु)को मिति तोक्ने सम्भावना रहेको विशेष अदालत स्रोतको दाबी छ । बैशाख १ गतेदेखि लगातर सुनुवाई भएको नेसनल पेमेन्ट गेटवेको भ्रष्टाचार मुद्दा फास्ट ट्रयाकमा टुंग्याउन लागिएको पाइन्छ ।

सुनिलसँग अख्तियारको हिरासतमा रहेका विकल पौडेलविरुद्ध गत बैशाखमै भ्रष्टाचार मुद्दा दायर भएको थियो । सुरक्षण मुद्रणको खरिदमा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । तर विकलभन्दा ६ महिना पछाडि हालिएको सुनिल समेतको भ्रष्टाचार मुद्दा पहिला छिनोफानो गर्न लागिएको छ । यसले थप आशंका पैदा गरेको हो ।

‘छ महिनाभित्रै विशेष अदालतबाट सफाइ लिएर आउँछु’ भन्दै हिँडेका निलम्बित सचिव मरासिनीको भनाइ र विशेष अदालतको गराइमा तादात्म्यता मिलेकाले अदालतप्रतिको जनआस्था धर्मराउने अवस्थामा पुगेको छ । यो विषयमा विशेष अदालतले विशेष ध्यान दिन जरुरी छ ।

अख्तियारले वाइडबडी र एमडीएमएस सिस्टममा जस्तो ठेकेदार र कन्सल्ट्यान्टलाई प्रतिवादी नबनाउँदा पनि नेसनल पेमेन्ट गेटवे सिस्टममा आरोपितलाई चलखेल गर्न सजिलो भएको देखिन्छ । नेसनल पेमेन्ट गेटवेमा राज्यकोषमाथि ठूलो हानी नोक्सानी भएको छ । मिलेमतोमा भएको उक्त घोटालामा अर्थ मन्त्रालयका तत्कालीन बजेट महाशाखा प्रमुख मरासिनीको पनि संलग्नता रहेको अख्तियारको निष्कर्ष छ । कानुनका विधार्थी उनै मरासिनी नेसनल पेमेन्ट गेटवे सिस्टमको भ्रष्टाचार मुद्दामा अस्वभाविक चलखेलमा लागेको चर्चा चलेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : ## मधु कुमार मरासिनी, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #निलम्बित नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #नेसनल पेमेन्ट गेटवे

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com