रेशम र रञ्जिताबीच ‘डिभोर्स’ हुन लागेको हो ?


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले श्रीमती एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई सम्बोधन गरेर भाबुक स्टाट्स लेखेका छन् । उनले फेसबुकमा रञ्जितालाई सम्बोधन गर्दै ‘मिल्दा पनि मनैले मिलौं, छुट्टिदा पनि जग नहँसाएर छुट्टिऔं’ भनेर लेखेका छन् ।

कैलालीमा रहेका रेशम रञ्जितालाई भेट्न काठमाडौं आउन लागेका हुन् । उनले केवल २ जनाको मात्रै वार्तालाप होस् र एक-आपसमा मन माझौँ भन्ने प्रस्ताव राखेका छन् ।  ‘मिल्दा पनि मनैले मिलौं, छुट्टिदा पनि जग नहँसाएर छुट्टिऔं हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुबैको भलाई छ र पार्टीको कल्याण पनि ।’, रेशमले लेखेका छन् । यसले रेशम र रञ्जिताको सम्बन्ध बिच्छेद (डिभोर्स) कै अवस्थामा पुगेको चर्चा हुन लागेको छ ।

छोरी भन्नेसँग भाउजू भन्नेसँग र भान्जी भन्नेसँग  टाढा रहन पनि रेशमले रञ्जितालाई सुझाव दिएका छन् । यसले रेशम र रञ्जिताको सम्बन्ध खटपट मात्र होइन डिभोर्स कै स्थितिमा पुग्न लागेको अनुमान लगाउन सकिन्छ ।

हेनुहोस् रेशमको फेसबुक स्टाट्स

शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरु सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ ।
यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन । मेरो चरीत्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला ।
प्यारी रन्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन,निर्वाचन आयोगलाई हो । अदालतले कारण देखाउ आदेश जारिगर्दा निर्वाचन आयोगको जवाफमा तिमिलाई पनि सोध्ने आदेश गरेको मात्रै हो । तिललाई पहाड बनाउनु हुन्न,समाजमा धेरै जान्ने बुझ्ने मान्छे छन् ।
केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौ ।
तिमी सोझी र अन्जान छ्यौ तर मुडि छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।
१. माननीय इन्दिरा गिरिलाई कार्वाही गर्न उक्साए ।
२. माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लागाए ।
३. तिमिलाई उकासी उकासी पत्र माथी पत्र काट्न लगाए ।
यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो । यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ,अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर अब रोकिनुहुन्न । संवादको सुरुवात गरे दुबैको मन हल्का होला ।
नबिर्सनु रन्जिता, यिनले हामिलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याई राखेका मात्रै हुन् ।
सरल तरिकाले बुझ तिमी,मैले निर्वाचन आयोगको फैसला अदालत भन्दा गम्भीर र त्रुटिपूर्ण देखेपछी त्यसको प्रतिवाद मात्रै गरेको हुँ । सबका सामु अध्यक्ष स्विकारेको छुँ,तिम्रो मानमर्दन गरेको छैन । तिमिले यत्ति बुझ्नु रन्जु,हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ? यो दुबै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो ।
तिमिले बुझ्नु, यो चटकेहरुले हिजो म निर्दोष छ भन्दै मेरो गीत बजाएर भोट मागे,आज किन मलाई दोषी करार गरेर जेल हाल्ने षड्यन्त्र गर्दैछन् । मैले त राम्रोसँग बुझेको छुँ रन्जु,तिमी सिद्धिनु भनेको म सिद्धिनु हो तर तिमिले बुझेकी छ्यौ कि छैनौ,म सिद्धिनु भनेको तिमी पनि सक्किनु हो ?
हाम्रो आन्तरिक भेद बाहिर निकाल्न खोल्नेहरु दुबैका होइनन् । हामी सचेत रहनुपर्छ ।
तिमिलाई मेरो सुझाव छ रन्जु,अहिले केहिदिन ३ तत्वबाट टाढा रहनु,
१. छोरी भन्नेसंग
२. भाउजू भन्नेसंग
३. भान्जी भन्नेसंग
यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ ।
जसले तिमिलाई मन्त्रीज्यु भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो ।
अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्धेश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौं,छुट्टिदा पनि जग नहँसाएर छुट्टिऔं । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुबैको भलाई छ र पार्टीको कल्याण पनि ।
जय नागरिक ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com