महिलाविरुद्धका हिंसा अपराध हो: उपमेयर सुनिता डंगोल


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख ( उपमेयर) सुनिता डंगोलले महिलाविरुद्धका हिंसालाई अपराधको संज्ञा दिएकी छिन् । महिला र समाजिक विभेदको क्षेत्रमा काम गर्नेहरु सँगको छलफलमा उननले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

‘महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुर्व्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुृन् । कानुनले यी सबै प्रकारका गति विधिलाई अपराध मानेको छ’, उपमेयर डंगोलले भनिन् ।

नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यो विषयलाई नियन्त्रण गर्न पनि राज्यका संयन्त्रहरूले प्रभावकारी काम गर्नु पर्ने उनको भनाइ छ ।

यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले विभिन्न अधिकारको व्यवस्था गरेको औंल्याउँदै उपमेयर डंगोलले यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिइन् । उनका अनुसार सविधानमा महिलाको हक, शोषण विरुद्धको हक, छुवाछुत र भेदभाव विरुद्धको हक, समानताको हक, न्याय सम्बन्धि हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्य रुपमा लिन सकिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #उपमेयर सुनिता डंगोल, #काठमाडौं महानगरपालिका, #महिला हिंसा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com