सुनिल जेल गए अब विकलको पालो


काठमाडौं । आईटी क्षेत्रका माफिया सुनिल पौडेल पुर्पक्षका लागि कारागार (जेल) चलान भएका छन् । अकुत सम्पत्ति आर्जनको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय विशेष अदालतले गरेको छ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल डिल्लीबजार कारागार पुगेका हुन् ।

विदेशमा घुस व्यवस्थापन गर्न खप्पिस सुनिलले प्रमाण नष्ट गर्ने सम्भावना भएकाले विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । उनीसँगै अख्तियारको हिरासतमा रहेका विकल पौडेल पनि जेल जाने सम्भावना छ । आईटी माफिया पौडेल बन्धु सुनिल र विकल एकपछि अर्को भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । नेसनल पेमेन्ट गेटवे सिस्टममा भ्रष्टाचारी ठहर भएका सुनिलले नेपाल टेलिकमको एमडी पद पनि गुमाएका छन् । उनले विस्तारै परिवार पनि गुमाएर जेल जीवन बिताउनु पर्ने अवस्था आएको छ । सुनिलमाथि आधा दर्जन बढी भ्रष्टाचारका उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ ।

पौडेल बन्धु विकल पनि दुई वटा भ्रष्टाचारका मुद्दा खेपिरहेका छन् । उनीमाथि दर्जनौं मुद्दाको तयारीमा अख्तियार रहेको पाइन्छ । आईटीमा भ्रष्टाचारको साम्राज्य खडा गरेका पौडेल बन्धु सुनिल र विकल जेल जीवनको यात्रामा पुगेमा हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #निलम्बित नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com