अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा हरिलाल पुरीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले जिल्ला मकवानपुर, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसमेत ६ जना र ट्रेडर्स प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ। तत्कालीन प्रमुख पुरीसहित लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, इन्जिनियरिङ सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीलाई अख्तियार उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको छ। अक्सिजन जेनेरेटर प्लान्ट आपूर्तिको ठेक्का हत्याउने सुभारम्भ सर्भिस ट्रेडर्स प्रालि र उक्त कम्पनीकी सञ्चालक सोबिता प्रसाईलाई पनि प्रतिवादी कायम गरिएको हो।
अख्तियारले अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा १ करोड १० लाख बढी बिगो कायम गरेको छ। जनही १२ लाख रुपैयाँ असुल उपर हुने बिगो मागदाबी लिएको हो।
स्वास्थ्य लाइभले ३ वर्ष अघि नै थाहा नगरपालिकामा अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा अनियमित भएको खुलासा गरेको थियो। थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोबिता प्रसाईको मिलेमतोमा १३ लाख बढी मूल्यको अक्सिजन प्लान्ट खरिदको ठेक्कामा सेटिङ गरेको स्वास्थ्य लाइभले खुलासा गरेको थियो। उक्त तथ्यलाई अख्तियारले समेत पुष्टि गरेको छ।
पुरी ५ वर्षसम्म लगातार थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए। दोहोऱ्याएर थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका पुरीले यस्ता दर्जनौं बदमासी गरेको पाइन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #इन्जिनियर राजेश्वर कमाली, #थाहा नगरपालिका, #थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, #नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोभित प्रसाई, #सन्तोष बोहरा, #सोबिता प्रसाईं, #हरिबहादुर खपाङ्गी, #हरिलाल पुरी
तपाईको प्रतिक्रिया दिनुहोस