धोबीखोला खाने डा. राजेश अहिराज बलात्कार अभियोगमा थुनिए

काठमाडौं। धोबीखोलाको सरकारी जग्गा खाने डा. राजेश झा (अहिराज) बलात्कार अभियोगमा थुनिएका छन्। काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी (बलात्कार) कसुरमा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजविरुद्ध एक युवतीले जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएकी थिईन्। तत्काल प्राप्त प्रमाणबाट कसुरदार हाेइनन् भन्न नसकिने आधार देखाउँदै राजेशलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडाैं जिल्ला अदालतले आदेश दिएको हो। अदालतको आदेशसँगै उनी डिल्लीबजार कारागार चलान भएका छन्।
मधेश प्रदेशका पूर्व प्रमुख डा. अहिराजले धोबीखोला हडपेर घर बनाएको स्वास्थ्य लाइभले खुलासा गरेको थियो। स्वास्थ्य लाइभको खुलासा गर्नेवित्तिकै उनले एउटा संरचना हटाएका थिए। डा. अहिराजको अनामनगर धोबीखोला किनारमा रहेको अर्को घर समेत धोबीखोलामै देखिन्छ। धोबीखोला करिडोरको सिट नम्ब १०२११४६०२ को कित्ता नम्बर ४३१ र ४३३ को सार्वजनिक जग्गा हडपेर बनाएको घर/टहरा मात्र होइन डा. अहिराजले साढे ५ तले भवन बनाएको कित्ता नम्बर ७३८,७३९ लगायतमा पनि साबिकको धोबीखोला देखाउँछ। तर, भूमाफिया इन्द्रकुमार चाम्लिङसँग मिलेर उनले धोबीखोलाको सरकारी जग्गा खाएको खाएै पारेका छन्।
रौतहटका डा. राजेश झा (अहिराज) तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ साल फागुन ७ गते २ नम्बर (मधेश) प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए । ६ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा २०७८ साल भदौं १ गते प्रदेश प्रमुखबाट उनी पदमुक्त भएका थिए। उनै अहिराज अहिले बलात्कार मुद्दामा पुर्पक्षका लागि जेलको चिसो छिडीमा पुगेका छन्।
ट्याग : #डा. राजेश अहिराज झा, #डा. राजेश झा अहिराज, #धोबीखोला करिडोर सार्वजनिक जग्गा हडप्ने, #धोबीखोला देवीनगर
तपाईको प्रतिक्रिया दिनुहोस