स्वास्थ्य लाइभ प्रभाव

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले अनधिकृत संरचना हटाए, भूमाफिया चाम्लिङ डोजरको पर्खाइमा


कठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज)ले धोबीखोला हडपेर बनाएको अनधिकृत संरचना हटाएका छन् । उनले सरकारी जग्गा हडपेर बनाई मासिक झन्डै ५० हजार भाडा खाइरहेको उक्त अनधिकृत संरचना हटाएका हुन् ।

स्वास्थ्य लाइभले डा. अहिराजले काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर रुद्रमती मार्ग धोबीखोला करिडोरमा सरकारी जग्गा हडपेर घर बनाएको खुलासा गरेपछि उनले अनधिकृत संरचना हटाएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२११४६०२ को कित्ता नम्बर ४३१ को दुई आना जग्गामा डा. राजेश झा अहिराजले २ तले घर बनाएर भाडा खाइरहेका थिए  । स्वास्थ्य लाइभले कुरा गर्दा उनले सरकारी जग्गा हडपेर संरचना बनाएको स्वीकार गरेका थिए । स्वास्थ्य लाइभसँगको कुराकानीमा डा. राजेश अहिराजले आफू सरकारी जग्गा छाड्न तयार भएका थिए । उनले अनधिकृत संरचना आफैं हटाएर सकारात्मक सन्देश दिएका छन् ।

हेर्नुहोस् अहिराजले घर बनाएको जग्गाको फिल्डबुक

डा. राजेश अहिराजको श्रीमतीको नाममा रहेको साढे ५ तले घर पनि साबिक धोबीखोलामा पर्ने देखिन्छ । ४३२ कित्ताबाट हालसाबिक र कित्ताकाट गरेर ७३८ र ७३९ कित्ता धोबीखोला बग्ने जग्गा व्यक्तिको नाममा दुषित दर्ता भएको देखिन्छ । साबिक नक्सा र हालको नक्सा भिडाएर हेर्दा पनि उक्त साढे ५ तले घर धोबीखोला भित्रै रहेको पाइन्छ ।

मालपोत ऐन, २०३४ को दफा २४ (२) अनुसार उक्त जग्गा मालपोत कार्यालयले तुरुन्तै सरकारको नाममा फिर्ता ल्याउन सक्छ । मालपोत कार्यालयले व्यक्तिको नाममा दुषित दर्ता भएको उक्त धोबीखोलाको सरकारी जग्गा सरकारको नाममा तुरुन्त फिर्ता गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । यसमा भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल कदम चाल्न जरुरी छ ।

यता देवीनगरका  शक्तिशाली भूमाफिया इन्द्रकुमार चाम्लिङ, एमाले नेता हेमराज घिसिङ, युवराज प्रसाईलगायत भने काठमाडौं महानगरपालिका (बालेन)को डोजरको पर्खाइमा छन् ।

सरकारी जग्गा हडपेर मासिक १० लाख भाडा उठाउँदै आएका भूमाफिया इन्द्र चाम्लिङले भाडामा बस्नेलाई केही हुँदैन म मिलाउँछु भन्न थालेको स्वास्थ्य लाइभको जानकारीमा आएको छ । त्यस्तै युवराज प्रसाई सरकारी जग्गामा बनेको अनधिकृत संरचनामा डोजर लगाउन नदिन अदालत गएको पाइएको छ । तर, पाटन उच्च अदालतले अन्तरिम आदेश नदिएपछि ५ गतेसम्म डोजर रोक्ने चलखेलमा उनी लागेका छन् ।

प्रसाईसँगैको ४४६ नम्बर कित्ताको सरकारी जग्गामा अनधिकृत संरचना बनाउने अष्टमान महर्जनले हटाउँदा प्रसाई भने अदालत गएका छन् । प्रसाईले हडपेको सरकारी जग्गा पनि ४४६ नम्बर कै हो । सरकारी जग्गामा अनधिकृत संरचना बनाउने युवराजले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई चुनौती दिएका हुन् ।

क्याटेगोरी : सुशासन
ट्याग : ## इन्द्र चाम्लिङ, ## भूमाफिया, ## सरकारी जग्गा, #अनधिकृत संरचना, #एमाले नेता हेमराज घिसिङ, #डा. राजेश अहिराज झा, #युवराज प्रसाई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com