म्याग्दीको सिडिओ आचार्यपछि तेह्रथुमको सिडिओ राईलाई नगरपालिकामा पठाइयो
काठमाडौं। प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेर स्थानीय तहमा नगएकालाई खोजीखोजी स्थानीय तहमा पठाउन थालिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तेह्रथुमकी सिडिओ बन्दना राईलाई पनि स्थानीय तहमा सरूवा गरेको छ। सामान्य प्रशासन मन्त्रालयले सिडिओ राईलाई कञ्चनपुरको शुक्लाफाँट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको हो। राईले तेह्रथुमको सिडिओको जिम्मेवारी सम्हालेको साढे ८ महिना हुन लागेको थियो। यसैबीच सामान्यले तेह्रथुमकी सिडिओ राईलाई कञ्चनपुरको स्थानीय तहमा सरूवा गरेको छ।
सामान्यले यसअघि म्याग्दीका सिडिओ रविन्द्रप्रसाद आचार्यलाई पनि स्थानीय तहमा पठाएको थियो। आचार्यलाई म्याग्दीको सिडिओबाट सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरिएको छ। मोरङ र काठमाडौंको सहायक सिडिओ तथा मनाङ र ताप्लेजुङको सिडिओ बनेका आचार्य १ वर्ष गृहको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा बसेर म्याग्दी पुगेका आचार्य सप्तरीको स्थानीय तहमा पुगेका हुन्। म्याग्दीको सिडिओ भएको ९ महिनापछि स्याङजाली आचार्य सप्तरी पुगेका छन्।
ओखलढुंगा र तेह्रथुम जस्ता जिल्लाकी सिडिओ भइसकेकी राई पनि स्थानीय तहमै पुगेकी छिन्। आचार्यपछि उपसचिव सिडिओबाट स्थानीय तहमा पठाइनेमा राई परेकी हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #बन्दना राई, #रविन्द्र आचार्य


तपाईको प्रतिक्रिया दिनुहोस