डब्लुएचओले बनाएको प्रिफ्याबमा भ्रष्ट्राचार ! “रड्डी सामान” बुझ्दा स्वास्थ्यमन्त्रीदेखि कर्मचारीसम्म डब्लुएचओको छायाँमा लुटुपुटु


काठमाडौं जेन्जी आन्दोलनपछि ध्वस्त भएको ऐतिहासिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन हाल सिंहदरबारभित्र सानोकुटीमा पुगेको आफूलाई डब्लुएचओ भन्ने निकायले सिंहदरबारभित्र स्वास्थ्य मन्त्रालयका लागि केही प्रिफ्याब कुटी तयार पारेको स्वास्थ्य मन्त्रालय राख्न तयार पारिएका ती अस्थायी प्रिफ्याब कुटीमा चरम भ्रष्ट्राचार भएको अनुमान गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरका कारण स्वास्थ्य मन्त्रालयले डब्लुएचओ गुहारेको थियो युएन एजेन्सीले जतिसुकै भ्रष्ट्राचार गरे पनि अनुगमन कारबाही राज्यले गर्ने कानुन अहिले सम्म आएको छैन स्वास्थ्य मन्त्रालय, डब्लुएचओ प्राविधिक टोलीले प्रिफ्याब कुटी बनाउन २० लाखको लागत अनुमान निकालेका थिए तर डब्लुएचओले करोडभन्दा बढी खर्च भएको बताएको छ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, स्टिमेट २० लाख गरेका थियौँ, तर खर्च करोड बढी देखाइएको यसमा हाम्रो कुनै जवाफ छैन,” भन्दै असन्तुष्टि व्यक्त गरे सिंहदरबारभित्र मन्त्रालय सार्न अस्थायी टहरा बनाउन खटिएका अर्का अधिकारी भन्छन्, स्वास्थ्यमा डब्लुएचओ भनेपछि सबै सर्पले गडुल देखेको जस्तो हुने रहेछन् अस्थायी प्रिफ्याब बनाउन करोड कसरी खर्च हुन्छ ? करोड खर्च गरेर नयाँ भवन नै बनाउन सकिन्थ्यो !”

डब्लुएचओका विवादित नेपाल प्रमुख राजेश सम्भाजीराव पाण्डव नै प्रिफ्याब बनाउन सबैभन्दा बढी सक्रिय थिए ०७२ सालमा डब्लुएचओले ल्याएको कन्टेनर काम नलाग्ने भएपछि विमानस्थलमा डम्प गरिएको थियो आफूले ल्याएर फालिएको रड्डी भइसकेका ती कन्टेनर राज्यलाई झुक्याएर पुनः प्रयोगमा ल्याउने पाण्डवको योजना रहेको एक कर्मचारी बताउँछन् संयोगवश, जेन्जी आन्दोलनले मन्त्रालय खरानी भएपछि सिंहदरबारभित्र अस्थायी प्रिफ्याब बनाएर भए पनि मन्त्रालय भित्र्याउने उनको चाहना पूरा भएको देखिन्छ

पाण्डवको स्वास्थ्य क्षेत्रमा देखिएको विवादास्पदताण्डवपछि मन्त्रालय उक्त प्रिफ्याब भवनमा जानेनजाने अन्योलमा एक अधिकारी भन्छन्, २० लाख लागत अनुमान गरेका डब्लुएचओले करोड बढी खर्च देखाएपछि हामी भ्रष्ट्राचारको गन्धमा जाने कि नजाने निर्णयमै रोकिएका छौँ सिंहदरबारभित्र सरे पनि विवादित प्रिफ्याबमा सीमित मात्र शाखा लैजाने बुझिएको छ।

पाण्डवको विगत पनि नेपालमा राम्रो मानिदैन युद्धको तयारी गरेझैँ भिरपाखामा सरकारीदेखि आफ्नै कर्मचारीलाईपरेडखेलाउने, लाखौँ खर्चेर भेष्ट छाप्ने जस्ता गतिविधि गरेका थिए उपसचिवस्तरको पदीय हैसियत रहेको पाण्डवले मन्त्री बाहेक अरूसँग भेटघाट गर्न कहिल्यै इच्छुक देखिएनन् कर्मचारीहरू भन्छन्मन्त्री जाने ठाउँमा जसरी पनि पाण्डव जानै पर्ने, नत्र दोस्रोतेस्रो दर्जाका कर्मचारी पठाउने गर्थे पदीय मर्यादा बिर्सिएका पाण्डवले निलो प्लेटको ध्वज्झी उडाउँदै शक्तिको स्वादमा कर्मचारीलाई परेडमा मात्रै होइन, अब रड्डीका सामान उपयोग गरेर प्रिफ्याब भवन बनाई सरकार नै फसाएको आरोप लागेको छ। भ्रष्ट्राचारको आशंका गरिएको उक्त प्रिफ्याब भवनमा मन्त्रालय सार्नु भन्दा अहिलेको भवनबाटै सेवा दिनु अधिक पारदर्शी उपयुक्त हुने सुझाव सम्बन्धित अधिकारीहरूले दिएका छन्।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ