वीरबाट जागेश्वर हटाईए


काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल , वीरका प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमलाई हटाएको छ । गौतमलाई  प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) थापाथलीमा सरूवा गरेर उनको ठाउँमा डा. रुद्र मरासिनीलाई ल्याइएको छ ।
गगन थापा स्वास्थ्यमन्त्री हुँदा भरतपुर अस्पतालका मेसु रहेका डा. मरासिनी चिकित्सा क्षेत्रमा राम्रै चिकित्सकका रुपमा परिचित छन् । क्षमताका आधारमा तत्कालीन् स्वास्थ्यमन्त्री थापाले मरासिनीलाई भरतपुर अस्पतालको नेतृत्व दिएका थिए । उनको पालामा भरतपुरमा धेरै कुरा सुधार भएको थियो । कोभिड १९ को महामारी फैलिरहेको अवस्थामा वीरको नेतृत्व मरासिनीलाई दिइएकाले उनले कसरी व्यवस्थापन गर्छ त्यो भने हेर्न बाँकी छ । त्यस्तै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा विवेक लाल कर्णलाई ल्याइएको छ । विवेकको ठाउँ राष्ट्रिय क्षयरोग केन्द्रमा भने मन्त्रालयको फाजिलमा रहेकी रिता भण्डारी जोशीलाई पठाइएको छ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com