भ्रष्टाचारमा जेलिँदै स्वास्थ्य, एकपछि अर्को अधिकृत बर्खास्त हुँदै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्तर्गतका निकाय भ्रष्टाचारमा जेलिँदै गएको छ । मन्त्रालयले एकपछि अर्को स्वास्थ्यका भ्रष्ट अधिकृतलाई बर्खास्त गर्न थालेपछि स्वास्थ्य क्षेत्र भ्रष्टाचारमा जेलिँदै गएको देखिन्छ ।

मन्त्रालयले महिनैपिच्छे एकपछि अर्को भ्रष्ट अधिकृतलाई बर्खास्त गर्न थालेपछि स्वास्थ्य क्षेत्र भ्रष्टचारमा जेलिँदै गएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको महिना दिन नबित्दै अर्का शाखा अधिकृत बासुदेव गजुरेललाई बर्खास्त गर्नुपर्ने अवस्था आएपछि स्वास्थ्य क्षेत्र भ्रष्टाचारमा जेलिँदै गएको पुष्टि हुन्छ ।

स्वास्थ्य मन्त्रालयले  फेरि अर्का शाखा अधिकृत गजुरेललाई  भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरेको हो ।

भ्रष्टाचार काण्डमा एकपछि अर्को स्वास्थ्यमा काम गरेको अधिकृत बर्खास्त हुने थालेपछि स्वास्थ्य क्षेत्रमा घुसियाहरूको रजगज रहेको चर्चा चल्न थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ