गृह मन्त्रालयले कारागारका डिजी र १२ सिडिओ खटायो


काठमाडौं। गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक (डिजी)सहित १२ प्रमुख जिल्ला अधिकारी (सडिओ) खटाएको छ। गृहले कारागार व्यवस्थापन विभागको महानिर्देशकमा नुवाकोटका सिडिओ शशीधर छिमिरेलाई ल्याएको छ। नुवाकोटमा भने सिडिओ खटाएको छैन।

गृहले भोजपुरको सिडिओमा सहसचिव राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं प्युठान, उमेश ढुंगाना लमजुङ र मदन कोइरालालाई कञ्चनपुर खटाएको हो। यिनीहरू सबै भर्खरै सिडिओ हुन गृह मन्त्रालय सरूवा भएका थिए। कोइरालाबाहेक गृह भित्रिएका सहसचिव ‘ग’ वर्गका जिल्लामा सिडिओ खटाएर गृहले सन्तुलित निर्णय गरेको छ। कोइरालालाई भने यसअघि ‘ग’ वर्गको प्युठानको सिडिओ भएकाले ‘ख’ बर्गको कञ्चनपुरमा खटाइएको हो।

पर्वतका सिडिओ हरिप्रसाद घिमिरे दोलखा पुगेका छन्। तनहुँका सिडिओ रामकृष्ण अधिकारी सिन्धुपाल्चोक, भोजपुरका सिडिओ शिवलाल तिवारी तनहुँ, कञ्चनपुरका सिडिओ लक्ष्मण ढकाल इलाम र प्युठानका सिडिओ दिपकराज नेपाल नवलपरासी पश्चिमको सिडिओमा सरूवा भएका छन्। सल्यानमा भने सहसचिवको बढुवाको मुखमा रहेका उपसचिव महेन्द्रकुमार सापकोटालाई सिडिओमा खटाइएको हो।

लमजुङको सिडिओ टोकराज पाण्डे, इलामको सिडिओ सुनिता नेपाल, खोटाङको सिडिओ कल्पना श्रेष्ठ, दोलखाका सिडिओ नारायणप्रसाद रिसाल, सल्यानका सिडिओ नेत्रप्रसाद सुवेदी, नवलपरासी पश्चिमका सिडिओ कृष्णप्रसाद लम्साल, सिन्धुपाल्चोकका सिडिओ बन्धुप्रसाद बाँस्तोला र बाराको सिडिओ धर्मेन्द्रकुमार मिश्र गृहबाट आउट भएका थिए। बारामा भने नयाँ सिडिओ पठाइएको छैन। नुवाकोट र बारा सिडिओबिहीन भएका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ