औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि फिर्ता गर्‍यो


काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि फिर्ता मगाएको छ । विभागले एक सूचना प्रकाशित गर्दै लोमस र बायोगेन कम्पनीका गुणस्तर न्यून गुणस्तर भएका औषधिहरु फिर्ता गर्ने निर्णय गरेको हो ।

लोमसले उत्पादन गरेको Asvit ट्याब्लेट भिटामिन ‘सी’ र बायोगेनले उत्पादन गरेको बायोकल-डी क्याल्सियम कार्वोनेट तथा भिटामिन ट्याब्लेट औषधि व्यवस्था विभागले फिर्ता गर्ने निर्णय गरेको हो ।

बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिका नमूना परीक्षण गर्दा ती औषधिहरु न्यून गुणस्तर भएको पाइएकाले उक्त औषधीहरु औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न विभागले भनेको छ । उक्त विषयमा सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई जाकारीलाई लागि विभागले सूचना प्रकाशित गर्दै ती औषधिहरूको सिफारिस, बिक्रीवितरण तथा प्रयोग समेत नगर्न र नगराउन विभागले सम्बन्धित सबैमा अनुरोध गरेको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com