देशभरका ८ मालपोत प्रमुखबिहीन: ललितपुर, भक्तपुरसहित ४ मालपोतमा प्रमुख मालपोत अधिकृत पठाइयो
काठमाडौं। उपसचिवको दरबन्दी रहेका देशभरका ८ वटा मालपोत कार्यालय प्रमुख मालपोत अधिकृतबिहीन भएका छन्। मधेश प्रदेशका सिराहा, सप्तरी, धनुषाको ढल्केबर र सर्लाहीको मलंगवा मालपोत प्रमुखबिहीन अवस्थामा छन्। लुम्बिनी प्रदेशको रूपन्देही भैरहवा र बुटवल, दाङको लमही पनि प्रमुखबिहीन भएको हो। त्यस्तै कर्णाले प्रदेशको भूमिसुधार तथा मालपोत कार्यालय, सुर्खेतले समेत प्रमुख मालपोत अधिकृत पाउन सकेकोको छैन।
भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४ वटा मालपोतमा प्रमुख मालपोत अधिकृत खटाएको छ। भूमि सुधार तथा मालपोत कार्यालय, लगनखेल, ललितपुरको प्रमुखमा भीमबहादुर बुढालाई पठाइएको छ। भूमि सुधार तथा मालपोत कार्यालय, भक्तपुरको प्रमुखमा अर्जुन राईलाई पठाइएको हो। त्यस्तै भूमि सुधार तथा मालपोत कार्यालय, लमजुङको प्रमुख मालपोत अधिकृतमा हरिकृष्ण सुवेदीलाई पठाइएको छ। चन्द्रनिगाहपुर राैतहटको प्रमुख मालपोत अधिकृतमा दिपेन्द्रकुमार खत्रीलाई पठाइएको हो।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४ वटा मालपोतमा प्रमुख मालपोत अधिकृतको व्यवस्थापन गरेको छ।मधेशका ४, लुम्बिनीका ३ र कर्णालीको एउटा मालपोत भने प्रमुख बिहीन अवस्थामा रहेका छन्। चुनावको मुखमा रिक्त मालपोत कार्यालयमा प्रमुख खटाउन भूमि मन्त्रालयलाई सकस परिरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन राई, #दिपेन्द्रकुमार खत्री, #भीमबहादुर बुढा, #हरिकृष्ण सुवेदी



तपाईको प्रतिक्रिया दिनुहोस